श्रावण ५, २०८२ सोमबार July 21, 2025

पुटिनका आलोचक नाभाल्नीकी पत्नीको ट्वीटर खाता गराइयाे बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, ९ फागुन । सामाजिक सञ्जाल ट्वीटर (एक्स) ले युलिया नवलनायाको खातालाई ब्लक गरिदिएको छ ।

उनका श्रीमान् अर्थात रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु पछि ट्वीटर खाता खोलेकी थिइन, त्यसको एक दिनपछि नै उनको ट्वीटरको खाता ब्लक गरिएको हो ।

युलिया नवलनाया, जसले वर्षौंसम्म आफूलाई राजनीतिक व्यक्तित्वको रूपमा प्रस्तुत नगरेको बताएकी थिइन तर सोमबार भने आफ्ना पतिले गर्दै आएको काम (राजनीति गर्ने) जारी राख्ने प्रतिबद्दता गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो श्रीमानको हत्या गरेको आरोप लगाएकी थिइन । जुन आरोप उनले टविटर खाताबाट पनि साझा गरेकी थिइन ।

उनको खाता सबैका लागि पहुँचयोग्य थियो, लगभग ५० मिनेट लामो सो भिडियो अपलोड गरे पछि स्पष्टीकरण बिना उनको खाता निलम्बन गरिएको जनाइएको छ । टविटरले सो साइटको प्रयोगको नियमहरूको लिङ्क समावेश गरेको थियो तर खाता निलम्बित भएको कारण निर्दिष्ट अझै गरेको छैन।

टविटरका नियम अनुसार सुरक्षा र गोपनीयता सरोकारहरू जस्तै घृणायुक्त भाषण वा निजी जानकारी साझा गर्ने, प्रामाणिकता र अप्रमाणीकरण जस्ता मुद्दाहरूको लागि निलम्बन गर्न सकिने र व्यक्तिहरूको नक्कल गर्ने खातालाइ निलम्बन गर्दै आएको छ ।

युलिया नवलनायाले सोमबार मात्रै खाता खोलेकी थिइन । नाभाल्नीका धेरै शीर्ष सहयोगीहरू र आधिकारिक खाताहरूले प्रमाणित गरे कि यो उनको त्यो वास्तविक खाता थियाे, जुन एक दिनमा नै ब्लक हुन पुग्याे ।

सोमबार मात्रै उनले प्लेटफर्ममा एक भावनात्मक भिडियो अपील पोस्ट गरेकी थिइन, जसमा पुतिनले नाभाल्नीलाई मारेको आरोप मात्रै लगाएकी थिइनन्, रूसी नागरिकहरूलाई क्रेमलिनको बिरूद्ध लड्न उनीसँग सामेल हुन आह्वानसमेत गरेकी थिइन् ।

निलम्बन हुनु केही घण्टा अघि उनले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि आक्रोशित प्रतिक्रिया पोस्ट गरेकी थिइन्, जब उनले पत्रकारहरूलाई उनको पतिको मृत्युमा पुटिनको संलग्नताको आरोप अभद्र र निराधार भएको भन्दै खण्डन गरेका थिइन ।

पछिल्लो दशकका लागि पुटिनका सबैभन्दा मुखर आलोचक नाभाल्नीको शुक्रबार आर्कटिक जेलको उपनिवेशमा मृत्यु भएको सरकारी मिडियाले जनाएका थिए, जहाँ उनी क्रेमलिनको बिरूद्ध अभियानको लागि व्यापक रूपमा सजायको रूपमा १९ वर्षको जेल सजाय भोगिरहेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार