श्रावण ५, २०८२ सोमबार July 21, 2025

पाकिस्तानमा पीएमएल-एन र पीपीबीबीच गठबन्धन सरकार बनाउने सम्झौता

दिवंगत पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका पति आसिफ अली जर्दारी गठबन्धनका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानका दुई प्रमुख दलहरु पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) बीच नयाँ गठबन्धन सरकार गठन गर्नेबारे औपचारिक सम्झौता भएको छ ।

हिजो राति अबेर भएको सम्झौताअनुसार पीएमएल एनका नेता सहबाज सरिफ देशका नयाँ प्रधानमन्त्री हुनेछन् भने पीपीपीका सह-अध्यक्ष तथा दिवंगत पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका पति आसिफ अली जर्दारी गठबन्धनका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार हुनेछन् । जर्दारीले यसअघि पनि राष्ट्रपति पद सम्हालिसकेका छन् । यही फेब्रुअरी ८ मा भएको आमनिर्वाचनमा कुनै पनि दलले बहुमत नल्याएपछि यी दुवै दलबीच गठबन्धन सरकार गठनका लागि १० दिनदेखि विभिन्न चरणमा वार्ता हुँदै आएका थिए ।

फेब्रुअरी ८ मा भएको आमनिर्वाचनबाट पीएमएल एन ७९ सिट जित्दै संसद्‌को सबैभन्दा ठूलो दल बनेको छ भने ५४ सिट जितेर पीपीपी दोस्रो ठूलो दल बनेको छ । सरकार गठनका लागि यी दुई दललाई अन्य चार साना दलको पनि साथ छ । ३३६ सदस्यीय संसद्‌मा यिनीहरुको सहज बहुमत पुग्छ । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी अर्थात ९३ स्थानमा जित हासिल गरे पनि पार्टीगत रुपमा चुनाव नलडेका कारण प्राविधिक रुपले पीटीआई सबैभन्दा ठूलो दल बन्न सकेन ।

सत्ता साझेदारीको सहमति बने पनि पीपीपी स्वयं भने सरकारमा सहभागी हुनेछैन । उसले राष्ट्रपति, संसद्‌को माथिल्लो सदन सिनेटको अध्यक्ष, पन्जाबप्रान्तको गभर्नर, खैबर पख्तुनख्वा प्रान्तको गर्भनर, बलुचिस्तान प्रान्तको मुख्यमन्त्री र संसद्‌को तल्लो सदन नेसनल एसेम्बलीमा उपसभामुखको पद पाउने गरी सहमति भएको स्थानीय समाचारमाध्यमले जनाएका छन् ।

पीएमएल एनले प्रधानमन्त्री र पन्जाबप्रान्तको मुख्यमन्त्रीका साथै नेसनल एसेम्बलीको सभामुख पाउनेछ । संविधानअनुसार यही फेब्रुअरी २९ सम्ममा संसद्‌को पहिलो बैठक डाक्नु पर्नेछ । त्यसपछि नै नयाँ प्रधानमन्त्री चयनका लागि मतदान हुनेछ । फेब्रुअरी ८ मा भएको आमनिर्वाचनमा व्यापक धाँधली गरिएको पीटीआईलगायत विपक्षी दलले आरोप लगाउँदै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार