मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

अमेरिका र चीन बिच ‘पाण्डा कुटनीति’ सार्थक , चीनले थप पाण्डा अमेरिकालाइ दिने

सान डिएगोको चिडियाखानामा पाण्डाहरू पठाउन चीनले अमेरिकासँग एक सम्झौतामा हस्ताक्षर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेइजिङ, ११ फागुन । चीनले अमेरिकालाइ उपहार स्वरूप पाण्डा पठाउने भएको छ ।

चीनका अनुसार सान डिएगोको चिडियाखानामा पाण्डाहरू पठाउन चीनले अमेरिकासँग एक सम्झौतामा हस्ताक्षरसमेत गरेको छ  ।

चीनका बिदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमार्फत भने, ‘चिनियाँ संस्थाहरूले अमेरिकाको सान डिएगो चिडियाखानासँग सम्झौता गरिसकेका छन्।’

उनले अगाडी भनिन, ‘यो सम्झौता विशाल पाण्डा संरक्षणमा सहयोगको नयाँ चरणमा केन्द्रित रहेको छ ।’ उनले भनिन्।

उनका अनुसार चीनवाट पाण्डा पठाउनका लागि स्पेनको म्याड्रिड सहरको चिडियाखानासँग पनि एउटा सम्झौतामा हस्ताक्षर गरिएको छ भने बेइजिङले वाशिंगटन र भियनाका चिडियाखानाहरूसँग पाण्डाका लागि वार्ता गरिरहेको छ ।

चीनले लामो समयदेखि आफ्नो विदेश नीतिको उद्देश्यलाई अगाडि बढाउन ‘पान्डा कूटनीति’ को रूपमा विभिन्न देशहरूमा फ्लफी राजदूतहरूलाई खटाएको छ।

तर, संयुक्त राज्य अमेरिकामा अन्तिम बाँकी रहेका पाण्डाहरू, जो हाल दक्षिणी शहर एटलान्टाको चिडियाखानामामा रहेका छन, ती भने २०२४ को अन्त्यसम्ममा चीन फर्किनेवाला छन्।

तर गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले  ‘चिनियाँ र अमेरिकी जनताबीचको मित्रताका दूत’का रूपमा नयाँ पाण्डा पठाउन सक्ने बताएका थिए। ह्वाइट हाउसले बाँस चपाउने पाण्डा थप पाउँदा खुसी हुने प्रतिक्रिया दिएको थियो ।

‘विशाल पाण्डाहरू चीनको राष्ट्रिय खजाना हुन् र संसारभरका मानिसहरूले तिनीहरूलाई गहिरो माया गर्छन्,’ माओले बिहीबार भनिन्, ‘हामी सम्बन्धित देशहरूसँग विशाल पाण्डाहरूको संरक्षणमा अन्तर्राष्ट्रिय सहयोगको नयाँ चरणको लागि तत्पर छौं ।’

वातावरणीय समूह विश्व बन्यजन्तु काेषकाअनुसार जंगलमा अनुमानित १८६० विशाल पाण्डाहरू मात्रै बाँकी छन्, र लगभग ६०० वटा पाण्डा केन्द्र र चिडियाखाना र विश्वव्यापी वन्यजन्तु पार्कहरूमा कैद रहेका छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
२०८३ मंग्सिर ३, बिहिबार
एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा
२०८३ मंग्सिर ३, बिहिबार