बैसाख २६, २०८३ शनिबार May 9, 2026

यसरी पनि गर्न सकिन्छ कोरोना संक्रमितको उपचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ले रेडियशन थेरापीद्वारा कोरोना संक्रमित विरामीहरुमा न्युमोनियाको असर कम गर्न सकिने बताएको छ ।

हालै गरिएको एक अनुशन्धानबाट अन्य कुनै औषधिको प्रयोग बिना रेडियसन थेरापीबाट उपचार गर्न सकिने खुलासा भएको हो । अनुशन्धानकर्ताहरुका अनुसार यो प्रविधिबाट कोरोना संक्रमित विरामीको उपचारमा थप सहयोग मिल्नेछ ।

एम्सको रेडिएशन अन्कोलोजी डिपार्टमेन्टका प्रमुख तथा यो अनुशन्धान परियोजनाका प्रमुख अनुशन्धानकर्ता डाक्टर डिएन शर्माले बताए, ‘गत शनिबार अक्सिजन सपोर्टमा राखिएका ५० बर्षभन्दा बढी उमेरका दुई कोरोना संक्रमित विरामीलाई रेडियसन थेरापी दिइयो । उनीहरुको स्वास्थ्य अवस्थामा राम्रो प्रगति देखियो । अहिले उनीहरुलाइ अक्सिजन सपोर्टमा राख्नु परेको छैन ।’

डाक्टर डिएन शर्माका अनुसार आमरुपमा क्यान्सरका विरामीहरुको उपचारका लागि रेडियसन थेरापीको हाइ डोज दिइन्छ । तर कोरोना संक्रमित विरामीलाई कम डोज दिइएको थियो ।

डाक्टर शर्माका अनुसार यी दुवै विरामीमा रेडियसन थेरापीको कुनै नकरात्मक प्रभाव पनि देखिएन । यो प्रविधि बारे डाक्टर शर्मा भन्छन, ‘सन १९४० को दशकमा एन्टिबायोटिक औषधि थिएन । त्यसबेला न्युमोनियाको उपचारमा यहि रेडियसन थेरापीको प्रयोग गरिन्थ्यो ।’

यो पाइलट प्रोजेक्ट अन्तर्गत अन्य ८ जना कोरोना संक्रमित विरामीको उपचार यहि रेडियसन थेरापी प्रविधिबाट गरिनेछ ।

त्यसपछि प्राप्त नतिजाको विश्लेषण गरी ठोस निर्णय निकालिने एम्सको रेडिएशन अन्कोलोजी डिपार्टमेन्टका प्रमुख डाक्टर डिएन शर्मालाई उद्धृत गर्दै भारतीय संचार माध्ययम अमर उजालाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार