श्रावण ५, २०८२ सोमबार July 21, 2025

राष्ट्रपतिको उन्मुक्तिको हवाला दिँदै वर्गीकृत दस्तावेज मामिला खारेज गर्न ट्रम्पका वकिलहरूको आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कानूनी टोलीले बिहीबार राति फ्लोरिडाको एक न्यायाधीशसँग ट्रम्पमाथि गैरकानूनीरूपमा वर्गीकृत दस्तावेजहरू राखेको आरोप लगाइएको आपराधिक मुद्दा खारेज गर्न आग्रह गर्दै धेरै प्रस्ताव दायर गरेको छ ।

राष्ट्रपतिको उन्मुक्तिले ट्रम्पलाई अभियोजनबाट जोगाउँछ भन्ने अंशमा दाबी गर्दै प्रस्ताव पेस गरिएको हो । यस्तो तर्क टोलीले पहिले नै अमेरिकी सर्वोच्च अदालतमा आफ्नो चुनावी हस्तक्षेप मुद्दामा पेस गरिसकेको छ ।

वकिल क्रिस्टोफर किसे र टड ब्लान्चेले लेख्नुभएको छ, “आरोपहरू राष्ट्रपति रेकर्ड ऐन (पिआरए) अन्तर्गत रेकर्डलाई व्यक्तिगतरूपमा तोक्ने र रेकर्डलाई ह्वाइट हासउबाट मार–ए–लागोमा स्थानान्तरण गर्ने उहाँको कथित निर्णयमा आधारित छ ।” ट्रम्पले पदमा रहँदा उक्त निर्णय लिनुभएको भन्दै उहाँहरूले लेख्नुभएको छ, “यो आधिकारिक कार्य थियो जसरी यो राष्ट्रपतिको उन्मुक्तिको अधीनमा छ ।”

ट्रम्पले फ्लोरिडा सङ्घीय अदालतमा आफ्नो मार–ए–लागो एस्टेटमा गैरकानूनीरूपमा वर्गीकृत दस्तावेजहरू जम्मा गरेको र तिनीहरूलाई फिर्ता गर्ने सरकारी प्रयासहरूलाई अवरोध पुर्याएको आरोप लगाउँदै दर्जनौँ अपराधको सामना गर्नुपरेको छ । ती मुद्दा हाल मे २० मा सुनुवाइका लागि निर्धारण गरिएको भए पनि मिति पछाडि धकेलिन सक्छ ।

ट्रम्पका वकिलहरूले महान्यायाधिवक्ता मेरिक गारल्यान्डले पूर्वराष्ट्रपतिको अनुसन्धानका लागि गर्नुभएको विशेष वकिल ज्याक स्मिथको नियुक्ति ‘गैरकानूनी’ भएको भन्दै दस्तावेज मामिला खारेज गर्ने आधार प्रस्तुत गरेका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पलाई जनवरी ६ मा अमेरिकी क्यापिटलमा उहाँका समर्थकहरूले हिंसात्मक दङ्गापछि सन् २०२० को निर्वाचन नतिजा उल्ट्याउन काम गरेको आरोपमा सन् २०२१ मा वासिङ्टनमा अभियोग लगाइएपछि ट्रम्पविरुद्ध स्मिथको अर्को मुद्दा अगस्टमा खुलासा भएको थियो ।

उक्त मुद्दाको सुनुवाइ मार्च ४ मा वासिङ्टनको सङ्घीय अदालतमा तय गरिएको थियो तर उक्त दिनलाई ट्रम्पको अपिलका बीच रद्द गरिएको थियो । मुद्दामा पूर्वराष्ट्रपतिलाई ह्वाइट हाउसमा गरेको आधिकारिक कामका लागि अभियोजनाबाट छुटबारे कानूनीरूपमा अप्रयुक्त सवाल थियो । ट्रम्पका वकिलहरूले सर्वोच्च अदालतसँग उक्त मुद्दामा हस्तक्षेप गर्न भनेका छन् तर न्यायाधीशले हस्तक्षेप गर्नुहुन्छ वा हुन्न भन्ने स्पष्ट छैन ।

सन् २०२३ जुनको अभियोगमा ट्रम्पमाथि दर्जनौँ अपराधको आरोप लगाइएको छ । यसमा अनुसन्धानकर्ताहरूले मार–ए–लागोमा बलरुम, शौचालय र सावर, उहाँको शयन कक्ष र एक भण्डार कक्षलगायतका स्थानहरूमा लापरवाहीपूर्वक सङ्गृहीत संवेदनशील दस्तावेजहरूको बाकस फेला पारेका छन् । अभियोजकहरूले ट्रम्पले राख्नुभएको दस्तावेज फिर्ता गर्न अस्वीकार गर्नुभएको र केही मामिलामा आगन्तुकहरूलाई देखाइएकाले विदेशी मुलुकहरूसँग सम्बन्धका साथै सैनिक र गोपनीय स्रोतहरूको सुरक्षामा खतरा भएको बताएका छन् ।

ह्वाइट हाउस पुनः प्राप्त गर्ने होडमा ट्रम्पले चार अलग–अलग सहरमा चार आपराधिक अभियोगको सामना गर्नुपरिरहेको छ ।रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार