मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

भारतको कोइलाखानीमा पुरिएर ३ जनाको मृत्यु‚ २ जना सिकिस्त

खानीका कतिपय ठाउँमा सुरक्षा व्यवस्था फितलो हुँदा अवैध रूपमा कोइला निकाल्न अनेकौँ मानिस खानीभित्र पस्ने क्रम जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः भारतीय राज्य छत्तीसगढमा कोइलाखानीमा पुरिएर ३ जनाको मृत्यु भएको छ।

छत्तीसगढको कोरबा जिल्लामा रहेको एशियाकै सबैभन्दा ठूलो कोइलाखानी कोल इन्डियाको माटोमा पुरिएर ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा २ जना सिकिस्त घाइते भएका छन्।

अवैध रूपमा कोइला उत्खनन गर्न बाम्हनी कोना गाउँका २ जना नाबालिगसहित ५ जनाको समूह पुगेको थियो।

कोइला निकाल्ने क्रममा विस्फोट हुँदा माटोको ढिस्कोमा पाँचैजना पुरिएकोमा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। बाँकी ३ जनाको प्रहरीको सहयोगमा उद्धार गरिए पनि उपचारका क्रममा एकजनाको ज्यान गएको हो।

खानीका कतिपय ठाउँमा सुरक्षा व्यवस्था फितलो हुँदा अवैध रूपमा कोइला निकाल्न अनेकौँ मानिस खानीभित्र पस्ने गरेका छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
२०८३ मंग्सिर ३, बिहिबार
एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा
२०८३ मंग्सिर ३, बिहिबार