असार २०, २०८२ शुक्रबार July 4, 2025

श्रीलङ्काद्वारा रुसी र युक्रेनीलाई दीर्घलानीन भिसा खारेज

हजारौँ रुसी र युक्रेनीका लागि दीर्घकालीन पर्यटक भिसा विस्तार समाप्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मस्कोले युक्रेनमा आक्रमण गरेपछि श्रीलङ्काले आफ्नो टापुमा बस्ने नीतिको उपयोग गर्ने हजारौँ रुसी र युक्रेनीका लागि दीर्घकालीन पर्यटक भिसा विस्तार समाप्त गरेको आइतबार बताएको छ ।

“सरकारले भिसाको थप म्याद दिइरहेको छैन”, प्रस्थानका लागि मार्च ७ को समय सीमा दिँदै अध्यागमन आयुक्त हर्ष इलुकपिटियाले भन्नुभयो, “उडानको अवस्था अब सामान्य भएको छ र उनीहरूलाई फर्कन कुनै कठिनाइ छैन ।”

आधिकारिक आँकडाअनुसार पछिल्लो दुई वर्षमा दुई लाख ८८ हजारभन्दा धेरै रुसी र करिब २० हजार युक्रेनीले श्रीलङ्काको भ्रमण गरेका थिए । कति मानिस सामान्य ३० दिने पर्यटक भिसाभन्दा बढी समयसम्म बसे भन्ने स्पष्ट छैन ।

यद्यपि हजारौँ रुसी र कम सङ्ख्यामा युक्रनीहरू सेनामा सम्भावित भर्तीबाट बच्नका लागि श्रीलङ्कामा बसेको विश्वास गरिएको छ । श्रीलङ्का बसेका केहीले रेस्टुरेन्ट सुरु गरेका छन् भने केहीले रात्रिकालीन क्लबहरू स्थापना गरेका छन् ।

दक्षिणी तटीय सहर उनावटुनामा ‘श्वेत मानिस मात्र’ को पार्टी आयोजना गर्ने एक रुसी–सञ्चालित रात्रिकालीन क्लबविरुद्ध सामाजिक सञ्जालमा उग्र प्रतिक्रिया आएपछि सरकारको उक्त निर्णय आएको हो ।

मुलुकलाई सन् २०२२ को मध्यदेखि आफ्नो सबैभन्दा खराब आर्थिक सङ्कटबाट बाहिर निस्कन विदेशी मुद्राको सख्त आवश्यक भएपछि श्रीलङ्काले आगमनमा ३० दिने भिसा दिएर पर्यटनलाई प्रवर्द्धन गर्न खोज्यो ।

सन् २०२२ अप्रिलमा श्रीलङ्काले उसको ४६ अर्ब डलरको विदेशी ऋण भुक्तानी गर्न सकेन र महिनौँसम्म सडकमा विरोध प्रदर्शनका कारण तीन महिनापछि तत्कालीन राष्ट्रपति गोटबाया राजपक्षेले राजीनामा दिनुपर्यो ।

अन्तर्राष्ट्रिय मुद्राकोषको दुई अर्ब ९० करोड डलरको सहायताले अर्थतन्त्रलाई स्थिर बनाउन र खाना, इन्धन र औषधिजस्ता आवश्यक सामानको कमीलाई अन्त्य गर्न सहयोग गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार