श्रावण ५, २०८२ सोमबार July 21, 2025

रुसी आक्रमणमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु : युक्रेनी राष्ट्रपति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणमा परी ३१ हजार युक्रेनी सैनिकले वीरगति प्राप्त गरेको बताउनु भएको छ ।

रुसले शुरु गरेको पूर्णकालीन युद्धको दुई वर्षमा सो संख्यामा आफ्ना सैनिक सहिद भएको उहाँको भनाइ छ । रुसी सैन्य योजनालाई सहयोग पुर्‍याउने भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले घाइतेको संख्या भने सार्वजनिक गर्नुभएन ।

सामान्यतया युक्रेनी अधिकारीहरूले हताहतको तथ्याङ्क सार्वजनिक गर्दैनन् । यसअघि आएका अन्य अनुमानहरूमा हताहत हुनेको संख्या धेरै बढी छ । युक्रेनी रक्षामन्त्रीले आधाभन्दा बढी पश्चिमी सहायता आउन ढिलाइ भइरहेको बताउँदै त्यसले सीमा सुरक्षा र जीवनरक्षामै असर पर्ने बताएपछि राष्ट्रपतिले तथ्यांक सार्वजनिक गर्नुभएको हो ।

रुसी राष्ट्रपति पुटिनले सार्वजनिक गरेको तथ्यांक सत्य नरहेको बताउँदै डेढ लाख वा ३ लाखको संख्यामा सैनिक मारिएको र घाइते भएको भन्ने विवरण सत्य नरहेको प्रप्ट पार्नुभयो ।

आफ्ना लागि यही ३१ हजार सैनिकको मृत्यु पनि ठूलो क्षति भएको जेलेन्स्कीको भनाइ छ । युद्धमा भएको व्यापक क्षतिको बारेमा बोल्दै जेलेन्स्कीले रुसले कब्जा गरेको युक्रेनको क्षेत्रमा हजारौं नागरिकको मृत्यु भएको तर वास्तविक संख्या भने थाहा नभएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया