श्रावण ५, २०८२ सोमबार July 21, 2025

हंगेरीको संसदद्दारा स्वीडेनको नेटो सदस्यताको लागि बाटो खुला

हंगेरीका सांसदहरूले लामो समयदेखि ढिलाइ भएको मतदानमा नेटोमा सामेल हुन स्वीडेनको प्रस्तावलाई अनुमोदन गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

स्टकहोम, १५ फागुन । हंगेरीको संसदले स्वीडेनको नेटो सदस्यताको लागि बाटो खुला गरेको छ ।

हंगेरीका सांसदहरूले लामो समयदेखि ढिलाइ भएको मतदानमा नेटोमा सामेल हुन स्वीडेनको प्रस्तावलाई अनुमोदन गरेका छन् । जुन प्रस्ताव पारित भएसँगै नोर्डिक राष्ट्रको सदस्यताको लागि स्विडेनलाइ मार्ग प्रशस्त गरेको छ।

रुसले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि स्वीडेनले २०२२ मा सामेल हुन आवेदन दिएको थियो । तर, हंगेरीले उसको प्रस्ताव शत्रुतापूर्ण भएको आरोप लगाउँदै आएको थियो।

तर, गत हप्ता हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले भने कि तिनीहरू अब एक अर्काको लागि मर्न तयार छन्। सबै नेटो सदस्यहरूले आक्रमणमा परेको सहयोगीलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले आजको दिन ऐतिहासिक दिन भएको र स्वीडेन युरो– एट्लान्टिक सुरक्षाको जिम्मेवारी वहन गर्न तयार रहेको बताएका छन्।

ओर्बान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग घनिष्ठ सम्बन्ध भएका राष्ट्रवादी राजनीतिज्ञ हुन्। उनले युक्रेनलाई सैन्य सहायता पठाउने ईयूको प्रयासलाई बारम्बार अवरुद्ध गर्दै आएका छन्।

स्वीडेन इयु देशहरू मध्ये एक हो, जसले हंगेरीलाई इयुको लोकतान्त्रिक सिद्धान्तहरूमा पछाडि हटेको आरोप लगाएका थिए । फलस्वरूप र्बानका प्रवक्ता जोल्टन कोभाक्सले स्वीडेनका अधिकारीहरूलाई नैतिक श्रेष्ठताको टुक्राटुक्रा सिंहासनमा बसेको आरोप लगाए।

तर, गत हप्ता ओर्बानले आफ्नो स्विडेनी समकक्षी उल्फ क्रिस्टर्सनलाई होस्ट गरेका थिए भने स्वीडेनको सदस्यताको लागि आफ्नो समर्थन घोषणा गरेका थिए, परिणाम आज संसदवाट अनुमोदन गराएका छन् ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले हंगेरीको संसदको निर्णयले गठबन्धनलाई बलियो र सुरक्षित बनाएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार