श्रावण ५, २०८२ सोमबार July 21, 2025

अमेरिका प्रस्थान गर्ने हिउँमा कठयाङ्रियर चार भारतीयको मृत्युले हंगामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्युयोर्क, १६ फागुन । अमेरिकी अधिकारीले हर्षकुमार पटेल नामका भारतीय मूलका एक व्यक्तिलाई पक्राउ गरेका छन् ।

उनीविरुद्ध मानव बेचबिखनलगायत ज्यान मार्ने मुद्दा दर्ता गरिएको छ ।  दुई वर्षअघि हर्षकुमारले गुजरातबाट आफ्नो पूरै परिवारलाई भिसा बिना अमेरिका प्रवेश गराउन खोजेका थिए तर हिउँको आँधीका कारण तीनीहरू सबैको मृत्यु भएको घटनामा उनलाइ पक्राउ गरिएको हो ।

सीबीसी न्यूजका अनुसार डर्टी ह्यारी, परम सिंह र हरेश रमेशलाल पटेल भनेर चिनिने हर्ष कुमार पटेललाई गत हप्ता शिकागो एयरपोर्टबाट पक्राउ गरिएको हो । हर्ष कुमार पटेलमाथि फ्लोरिडाका निवासी स्टिभ सान्डलाई अमेरिका प्रवेश गर्न सहयोग गरेको आरोप पनि लागेको छ । प्रहरीका अनुसार हर्ष पटेल ुएक संगठित मानव बेचबिखन समूहको हिस्सा थिए, जसले भारतीय नागरिकहरूलाई संयुक्त राज्य अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्न सहयोग गर्दै आएका थिए ।

खासमा जनवरी १९, २०२२ मा पुलिसले अमेरिका–क्यानडा सीमामा ४ शव फेला पारेको थियो। यी सबै शव भारतको गुजरातमा बस्ने एक परिवारका थिए । यी शव जगदीश बलदेवभाई पटेल, उनकी पत्नी वैशालीबेन जगदीशकुमार पटेल र उनीहरूका छोराछोरी विहांगी जगदीशकुमार र धार्मिकका थिए। तिनीहरू सबैको शव १९ जनवरी २०२२ मा इमर्सन, मनिटोबा नजिकै बरफमा जमेको फेला परेको थियो ।

यस मामिलामा प्रहरीले यसअघि हर्ष पटेलका सहयोगी स्टिभ सान्ड नामक व्यक्तिलाई पक्राउ गरेको थियो। जब यो पूरै प्रकरण बाहिर आयो, मुख्य अभियुक्त हर्ष पटेललाई पनि पक्राउ गरिएको हो ।

शव फेला परेपछि सीमाको क्यानाडातर्फ कुनै पनि बेवारिसे गाडी नभेटिए पछि उनले पटेल परिवारलाई सिमानामा छाडेर फर्केको कसैले स्पष्ट पारेको प्रहरीले जनाएको छ । प्रहरीले चालक र गाडीको पनि खोजी गरिरहेको छ तर चालक भने अझै फेला परेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार