असार २२, २०८२ आइतबार July 6, 2025

बंगलादेशको रेष्टुरेन्टमा आगलागी हुदाँ ४३ जनाको जलेर मृत्यु, ७५ बढी घाइते

सहरको मुख्य बर्न्स अस्पतालमा कम्तीमा पनि १० जनाको मृत्यु भएको थियो भने २२ जनाको अवस्था गम्भीर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ढाका, १८ फागुन । बंगलादेशको एक बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकामा बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा लागेको आगलागी फैलिदा सो संख्यामा मृत्यु भएको हो ।

सरकारी सुरक्षा अधिकारीका अनुसार त्यस आगलागीमा परेका ७५ जनालाई उद्धार गरी दर्जनौंलाई आसपासका अस्पतालमा लगिएको थियो ।

बंगलादेशका स्वास्थ्यमन्त्री सामन्त लाल सेनले ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनालाई मृत घोषणा गरिएको बताए ।

सहरको मुख्य बर्न्स अस्पतालमा कम्तीमा पनि १० जनाको मृत्यु भएको थियो भने २२ जनाको अवस्था गम्भीर रहेको उनले बताए  ।

आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको र कारणबारे अनुसन्धान भइरहेको दमकल बिभागले जनाएको छ ।

डेली बंगलादेश अखबारका अनुसार आपतकालीन सेवाहरूलाई कच्चीभाइ रेस्टुरेन्टमा बोलाइएको थियो, जुन रेष्टुरेन्ट रहेको भवन सात तलाको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया