मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी

लिभरपुलले नटिङघम फरेस्टलाई अन्तिम समयमा एक गोलले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल विजयी भएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नटिङघम फरेस्टलाई अन्तिम समयमा एक गोल गर्दै पराजित गरेको हो ।

लिभरपुलले दोस्रो हाफको अतिरिक्त नवौं मिनेटमा गोल गरेको थियो । लिभरपुलका लागि डार्विन नुनेजले एलेसिस एलिस्टरको पासमा गोल गर्दै स्पष्ट ३ अंक दिलाए । जितसँगै लिभरपुलले २७ खेलबाट ६३ अंक बनाएको छ । नटिङघम फरेस्ट भने समान खेलबाट २४ अंकका साथ १७ औं स्थानमा छ ।

यसैगरी प्रिमियर लिगमा चेल्सी र ब्रेन्टफोर्डले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । उता, वेस्टह्यामले भने एभर्टनमाथि ३–१ गोलको जित पक्का गरेको छ । त्यसैगरी फुलह्यामले ब्राइटनलाई ३–० गोल अन्तरले पराजित गर्दा न्युक्यासलले वुल्भ्सलाई पनि ३–० कै नतिजामा स्तब्ध बनायो ।

टोटनह्यामले क्रिष्टल प्यालेसलाई ३–१ गोल अन्तरले पराजित गर्दा एस्टन भिल्लाले लुटनमाथि ३–२ गोल अन्तरले जित निकालेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार