मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

टी–२० सिरिज उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्दै

त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल आज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल आज हुँदै छ । उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान साढे ११ बजेदेखि आमने सामने हुने छन् ।नामिबिया पनि सहभागी सिरिजमा उपाधि भिडन्त भने नेपाल र नेदरल्याण्ड्सको बीचमा हुन लागेको हो ।

नेदरल्याण्ड्सले चार खेलमा दुईमा जित र एक नतिजा विहीन र एक खेलमा पराजयका साथ ५ अंक बनाउँदै शीर्ष स्थानमा रहँदै फाइनल खेल्दा नेपाल दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।नेपालले सुरुका दुई खेलमा पराजय भोगे पनि पछिल्ला दुई खेलमा जित निकाल्दै फाइनलमा स्थान पक्का गर्न सफल भएको थियो । नेपालको चार अंक रहेको छ ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् । आजको फाइनल पछि नेपाली टिम मार्च ९ बाट हङकङ र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक टी २० क्रिकेट खेल्न जाने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार