श्रावण ५, २०८२ सोमबार July 21, 2025

पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी दोस्रो पटक विजयी

जरदारी राष्ट्रपतिमा पदमा दोस्रो पटक निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : पाकिस्तानको राष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी विजयी हुनुभएको छ । पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४ सय ११ मत ल्याएर विजयी हुनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएकाे छ ।

जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २ सय ५५ मत प्राप्त गर्नुभएको छ । पूर्वी पञ्जाब प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट ८ मत, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गर्नुभएको हो ।

जरदारीका प्रतिस्पर्धी विपक्षी दलको संयुक्त गठबन्धनका उम्मेदवार महमुद खान अचकजाईले कुल १ सय ८१ मत प्राप्त गर्नुभयो । निवर्तमान राष्ट्रपति आरिफ अल्वी अस्ति शुक्रवार बिदाइ हुनुभएको हो ।

६८ वर्षीय जरदारी सन् २००८ देखि २०१३ सम्म ११ औँ राष्ट्रपति हुनुभएको थियो । जरदारी राष्ट्रपतिमा पदमा दोस्रो पटक निर्वाचित हुनुभयो । गएको फेब्रुअरीमा भएको आम चुनावमा उहाँ राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएको थियो । राष्ट्रपतिमा विजयी भएसँगै उहाँले राष्ट्रिय सभाबाट राजीनामा दिनुपर्नेछ । एजे्न्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया