श्रावण ५, २०८२ सोमबार July 21, 2025

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३० हजार नाघ्यो

शुक्रवार रातिदेखि गाजापट्टीका धेरै क्षेत्रलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा दर्जनौं प्यालेस्टाइनीहरू मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं, फागुन २७ गते । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ३० हजार ९६० पुगेको छ भने ७२ हजार ५२४ जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा इजरायली सेनाले ८२ प्यालेस्टाइनीको हत्या गरेका छन् । साथै एक सय २२ जना घाइते भएका छन् । शुक्रवार रातिदेखि गाजापट्टीका धेरै क्षेत्रलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा दर्जनौं प्यालेस्टाइनीहरू मारिएका छन् ।

जसमध्ये अधिकांश बालबालिका र महिलाहरू मारिएका छन् । दक्षिणी गाजापट्टीका खान युनिस र रफाह शहरहरूमा भएका धेरै घरहरूलाई निशाना बनाएर गरिएको हवाई आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाइएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया