असार २३, २०८२ सोमबार July 7, 2025

इटलीमा चीनको वुहानमा भन्दा पहिले नै कोरोना संक्रमण भएको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । कोरोना भाइरसको संक्रमणका विषयमा भएको अध्ययनमा इटलीमा सन् २०१९ को डिसेम्बर १८ भन्दा पहिले नै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । तर, अहिलेसम्म भने चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएको मानिएको छ । चीन सरकारले ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएको थियो ।

फ्रान्सेली वैज्ञानिकले चीनमा नभएर फ्रान्समा पहिलो पटक कोरोना देखिएको अध्ययनको निष्कर्ष निकालेसँगै इटलीमा पनि यस्तै खालको अध्ययनको निष्कर्ष सार्वजनिक भएको छ । इटलीमा पहिलोपटक पुष्टि हुनुभन्दा दुई महिनाअघि नै कोरोना फैलिएको अध्ययनको निश्कर्ष रहेको छ । सन् २०१९ को डिसेम्बर १८ भन्दा अघि नै कोरोना भाइरस सङ्क्रमण सुरु भएको युरोन्युजले जनाएको छ ।

इटलीका वैज्ञानिकहरुले गरेको अध्ययनमा दुई सहरको ढलको पानीमा डिसेम्बर १८ भन्दा पहिल्यै कोरोना भाइरस पाइएको बिबिसीले जनाएको छ । यसअघि इटलीमा फेब्रुअरीमा मात्र कोरोना भाइरस पहिलोपल्ट पुष्टि भएको थियो । इटलीको नेशनल इन्स्टिच्युट अफ हेल्थ ९आइएसएस०ले इटलीमा भाइरस फैलिएको बारेमा बुझ्न गरेको अध्ययनले पहिलो केस पुष्टि हुनुभन्दा दुई महिना अघि नै देशमा भाइरसको सङ्क्रमण सुरु भइसकेको देखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार