श्रावण ४, २०८२ आइतबार July 20, 2025

भारतीय विदेश सचिव क्वात्राको म्याद छ महिना थप

सचिव क्वात्रा अब कात्तिक १४ (३० अक्टोबर) गतेसम्म आफ्नो पदमा रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौः भारतीय विदेश सचिव विनय मोहन क्वात्राको म्याद छ महिनाका लागि थप गरिएको छ । गत फागुन २९ (१२ मार्च) गते भारत सरकारको मन्त्रिपरिषद् बैठकले उनको म्याद थप गरेको हो ।

२०८१ वैशाख १७ (३० अप्रिल) गते उनले अवकाश प्राप्त गर्दै थिए । त्यसअघि नै भारत सरकारले ६ महिनाका लागि उनको म्याद थपेको छ । सचिव क्वात्रा अब कात्तिक १४ (३० अक्टोबर) गतेसम्म आफ्नो पदमा रहने छन् ।

नेपालका लागि भारतीय राजदूतसमेत रहिसकेका सचिव क्वात्रा नेपाल राजनीतिका जानकार मानिन्छन् । उनी नेपालबाट फर्केपछि २०२२ अप्रिलको अन्तिममा मन्त्रालयको सचिव बनेका थिए ।

भारतको कानुन अनुसार भारत सरकारको रक्षा सचिव, विदेश सचिव, गृह सचिव, गुप्तचर ब्युरो निर्देशक, रअ प्रमुख, सीबीआई निर्देशकलाई एक अवधिका लागि म्याद थप गर्न सकिने भएकाले सचिव क्वात्राको म्याद थप गरिएको हो ।

नेपाल आउनुभन्दा पहिले उनी फ्रान्सका लागि भारतको राजदूत थिए । उनी प्रधानमन्त्री कार्यालयमा पनि काम गरिसकेका हुनाले प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वास पात्रमध्येका एक हुन् । स्रोतका अनुसार भारतमा लोकसभाको चुनाव हुँदैछ, त्यसका लागि उनलाई ६ महिनाको म्याद थप गरिएको हो ।

अगामी हप्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको भ्रमणमा जाँदै छन् । सो भ्रमणका लागि पनि क्वात्राको आवश्यकता रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सचिव क्वात्राले जनवरीमा भुटानको भ्रमण गरेका थिए ।

चीन र भुटानबिच चलिरहेको सीमा विवादको बिच भइरहेको भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । जबकि भारतमा चुनावको माहौल सुरु भइसकेको छ । चुनावको व्यस्तताका बिच पनि प्रधानमन्त्री मोदी भुटानको भ्रमणमा जानुलाई कूटनीति क्षेत्रमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

गत बिहीबार भुटानका प्रधानमन्त्री छिरिङ तोग्वेले पनि भारतको भ्रमण गरेका थिए । सो भ्रमणको क्रममा भुटानी प्रधानमन्त्री तोग्वेले भारतका प्रधानमन्त्री मोदीलाई भेटेर भुटान भ्रमणको निम्तो दिएका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार