श्रावण ४, २०८२ आइतबार July 20, 2025

अमेरिकी आग्रह अस्विकार गर्दै नेतान्याहुले भने, ‘इजरायल बनाना रिपब्लिक होइन्’

सैन्य घुसपैठको योजनालाई निरन्तरता दिने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेल अहिव, ५ चैत ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सैन्य घुसपैठको योजनालाई निरन्तरता दिने जनाएका छन् ।

आजको सरकारी बैठकमा उनले दोहोर्‍याए कि इजरायलले बाइडेन प्रशासनको अवहेलना गर्दै १.५ मिलियन प्यालेस्टाइनीहरूलाई आश्रय दिदैँ रफाहमा सैन्य कारबाहीको योजनालाइ निरन्तरता दिइनेछ । उनले यो पनि भने कि, ‘इजरायल बनाना रिपब्लिक होइन् ।’

प्यालेस्टिनी विदेश मन्त्रालयले भने रफाहमा आक्रमण गर्ने बारम्बार धम्कीलाई नागरिकहरूको सुरक्षामा अन्तर्राष्ट्रिय र अमेरिकी सहमतिको लागि स्पष्ट चुनौती’ को रूपमा रहेको प्रतिक्रिया दिएको छ ।

नेतान्याहुले सेन चक शुमरले गरेको टिप्पणीको पनि आलोचना गरेका छन । उनले भने, ‘इजरायलमा नयाँ चुनावको लागि आह्वान पूर्ण रूपमा अनुपयुक्त भएको पनि जनाएका छन् । शुमर संयुक्त राज्य अमेरिकामा उच्च श्रेणीका यहूदी अधिकारीका साथै इजरायलको लामो समयदेखि समर्थक हुन्।

उता, गाजा संकट निवारण र युद्दबिरामका लागि आज दोहामा बार्ता हुने पुनः  सुरु हुने अपेक्षा गरिएको छ । इजरायलको गुप्तचर प्रमुखको नेतृत्वमावार्ताको यो चरण गत हप्ता हमासले राखेको प्रस्तावको प्रत्यक्ष प्रतिक्रिया हो। नयाँ प्रस्तावले तत्काल स्थायी युद्धविरामको आफ्नो मौलिक मागलाई फिर्ता लिएको छ। इजरायलले सुरुमा यसलाई ‘अवास्तविक’ भन्दै खारेज गरेको थियो।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा मृत्यु हुनेको संख्या ३१,६०० नाघेको छ, जसमा कम्तीमा ३० जना कुपोषणका कारण मृत्यु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार