मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इन्डियन वेल्स टेनिसमा अल्कारेज र स्वायटेक च्याम्पियन

स्वायटेक पनि इन्डियन वेल्स टेनिस प्रतियोगिताको महिला एकलतर्फ च्याम्पियन बनिन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विश्व नम्बर दुई कार्लोस अल्कारेज र विश्व नम्बर एक पोलिस स्टार इगा स्वायटेकले इन्डियन वेल्स टेनिस प्रतियोगिताको उपाधि जितेका छन्।

पुरुष एकलतर्फको फाइनलमा स्पेनिस स्टार अल्कारेजले चौथो वरियाताका रसियन स्टार ड्यानिल मेदभेदेभलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन्। निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा अक्कारेज ७–६ (७–५) ले विजयी भएका थिए।

दोस्रो सेटमा भने अल्कारेजले ६–१ को सहज जित निकाले । दोस्रो वरियताका अल्कारेजले तेस्रो वरियताका इटालियन स्टार जानिक सिनरलाई १–६, ६–३, ६–२ तथा मेदभेदेभले १७औं वरियताका अमेरिकन खेलाडी टमी पउललाई १–६ ,७–६ (७–३), ६–२ ले हराउँदै फाइनलमा स्थान बनाएका थिए।

त्यसैगरी स्वायटेक पनि इन्डियन वेल्स टेनिस प्रतियोगिताको महिला एकलतर्फ च्याम्पियन बनिन्। फाइनलमा पोलिस स्टार स्वायटेकले नवौं वरियताकी ग्रीक खेलाडी मारिया सक्कारीलाई २–० को सोझो सेटमा पराजित गरिन्। स्वायटेकले खेल ६–४, ६–० ले आफ्नो पक्षमा पारेकी हुन्।

स्वायटेकले युक्रेनकी मार्टा कोस्ट्युकलाई ६–२, ६–१ तथा सक्कारीले अमेरिकी स्टार कोको गौफलाई ६–४, ६–७(५ –७), ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार