श्रावण ४, २०८२ आइतबार July 20, 2025

गाजा ‘युद्धविराम’ अमेरिकी सुरक्षा परिषद्को प्रस्तावमा रुस र चीनको भिटो

स्थायी सदस्यहरू फ्रान्स र बेलायतसहित सुरक्षा परिषद्का अन्य ११ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गाजा युद्धविराममा राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा अमेरिकी नेतृत्वको मस्यौदा प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएका छन् । साथै मस्यौदा प्रस्तावले इजराइलमाथि दबाब नदिएको भन्दै मस्कोले वासिङ्टनमाथि ‘पाखण्डपूर्ण तमाशा’ गरेको आरोप लगाएको छ ।

पछिल्ला युद्धविरामको आह्वानसहितका प्रस्तावहरूलाई भिटो लगाएको इजराइलको प्रमुख सहयोगी अमेरिकाले पहिलोपटक ‘तत्काल र दिगो युद्धविरामको अनिवार्यता’ को समर्थन गरेको र हमासले अक्टोबर ७ मा गरेको आक्रमणको निन्दा गरेको प्रस्तावलाई अगाडि बढाएको थियो ।

उक्त प्रस्तावमा रुस र चीनले भिटो प्रयोग गरे भने अल्जेरियाले पनि प्रस्तावको विपक्षमा मतदान गर्यो । गुयना अनुपस्थित भयो । स्थायी सदस्यहरू फ्रान्स र बेलायतसहित सुरक्षा परिषद्का अन्य ११ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

Russia, China veto US bid on Gaza 'ceasefire' at Security Council | News |  Bangladesh Sangbad Sangstha (BSS)

राष्ट्रसङ्घका लागि रुसी राजदूत वासिली नेबेन्जियाले इजराइलमाथि नियन्त्रण गर्न अमेरिकाले केही नगरिरहेको भन्दै गाजालाई धर्तीबाट करिब समाप्त गरेपछि युद्धविरामको कुरा गरेकामा वासिङ्टनको उपहास गर्नुभयो ।

“हामीले एउटा विशिष्ट पाखण्डपूर्ण तमाशा हेरेका छौँ”, उहाँले भन्नुभयो, “अमेरिकी प्रस्तावलाई अत्यधिक राजनीतिकरण गरिएको छ, यसको एउटा मात्र उद्देश्य भनेको मतदाताहरूसँग खेल्नु र गाजामा युद्धविरामको कुनै पनि प्रकारले उल्लेख गरेर उनीहरूलाई चिन्तित बनाउनु हो, यो प्रस्तावले इजराइलको दण्डहीनता सुनिश्चित गर्नेछ र यसका अपराधहरूलाई मस्यौदामा मूल्याङ्कनसमेत गरिएको छैन ।”

Gaza crisis: Deadlock deepens as Security Council rejects competing  resolutions by US and Russia | UN News

उक्त मस्यौदा प्रस्तावले हमासद्वारा बन्धक बनाइएकाहरूलाई रिहाई गरिएको बदलामा युद्ध रोक्न अमेरिका र इजिप्टको समर्थनमा कतारको नेतृत्वमा जारी वार्तासँग युद्धविरामलाई जोडेको छ ।

अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले रुसी र चिनियाँ भिटोलाई ‘निन्दनीय’ मात्र नभएर ‘तुच्छ’ समेत भन्नुभयो । “रुस र चीन अमेरिकाले लेखेको प्रस्तावका लागि मतदान गर्न चाहँदैन थिए”, उहाँले भन्नुभयो, “इमानदार बनौँ, सबै उग्र बयान आए पनि रुस र चीनले दिगो शान्तिलाई अगाडि बढाउन वा मानवीय प्रतिक्रिया प्रयासमा सार्थक योगदान दिन कूटनीतिकरूपमा केही पनि गरिरहेका छैनन् भन्ने हामी सबैलाई थाहा छ ।” एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार