श्रावण ४, २०८२ आइतबार July 20, 2025

लिबियाको सामूहिक चिहानमा कम्तीमा ६५ आप्रवासीको शव फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यस हप्ता दक्षिणपश्चिम लिबियामा ‘कम्तीमा ६५ आप्रवासीको शव’ भएको सामूहिक चिहान फेला परेको संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीले शुक्रबार बताएको छ ।

इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) का एक प्रवक्ताले सामूहिक चिहानलाई लिबियाली सुरक्षा बलहरूले फेला पारेको बताउनुभयो । आइओएमले ‘अत्यन्तै स्तब्ध र निराश’ भएको बताएको छ । साथै उसले मृत्युको अवस्था ‘अज्ञात’ बनेको बताएको छ ।

एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, “तर मरुभूमिमा तस्करीका क्रममा उनीहरूको मृत्यु भएको विश्वास गरिन्छ ।” सन् २०११ मा नाटो समर्थिक विद्रोहमा तानाशाह मोअमर गद्दाफीको अपदस्त र हत्यापछि एक दशकभन्दा बढी समयको हिंसात्मक अस्थिरताले लिबियालाई मानव तस्करहरूका लागि उर्वर भूमिमा परिवर्तन गर्न सहयोग गरेको छ । यसमा लामो समयदेखि आप्रवासीहरूविरुद्ध दुर्व्यवहारको आरोप लगाइएको छ ।

आइओएमले मृत्युको अनुसन्धान सुरु गरेकामा लिबियाका अधिकारीहरूको प्रशंसा गरेको बताएको छ । एजेन्सीले अधिकारीहरूसँग ‘मृत आप्रवासीहरूको अवशेषको सम्मानजनक पुनरप्राप्ति, पहिचान र हस्तान्तरण सुनिश्चित गर्न’ र उनीहरूको परिवारलाई सूचित गरी सहयोग गर्न आह्वान गरेको छ ।

“हराएका आप्रवासी वा जीवनको क्षतिको प्रत्येक रिपोर्टले आफ्ना प्रियजनका बारेमा जवाफ खोज्ने वा क्षतिको त्रासदीलाई स्वीकार गर्दै शोकमा परेका परिवारलाई प्रतिनिधित्व गर्दछ”, प्रवक्ताले विज्ञप्तिमा भन्नुभएको छ, “अपर्याप्त कारवाहीको मूल्य बढ्दो मानव मृत्यु र आप्रवासीहरूले आफूलाई चिन्तित बनाउने स्थितिमा पाउँछन् ।”

“आप्रवासीहरूको तस्करी र मानव बेचबिखनविरुद्ध समन्वयात्मक प्रतिक्रियासहितको अनियमित आप्रवासनका चुनौतीहरूलाई सम्बोधन गर्न तत्काल आवश्यक भएको आप्रवासीहरूको मृत्युहरूले देखाएको छ”, आइओएमले भनेको छ, “कानूनी आप्रवासनको अवसर प्रदान गर्ने नियमित मार्गहरूबिना यस मार्गमा यस्ता त्रासदीहरू सामान्य भइरहन्छन् ।”

आइओएमको मिसिङ माइग्रेन्ट्स प्रोजेक्टका अनुसार सन् २०२३ मा युरोपको भूमध्यसागरीय मार्गमा कम्तीमा तीन हजार एक सय २९ को मृत्यु र बेपत्ता भएकाहरू गएका थिए । यसले उक्त मार्ग विश्वको सबैभन्दा घातक आप्रवासी मार्ग बनेको देखाएको छ ।

आइओएमले मार्गमा रहेका देशका अधिकारीहरूसँग आप्रवासीहरूको अवस्थाको पर्वाह नगरी र उनीहरूको यात्राका सबै चरणमा सुरक्षा र संरक्षण सुनिश्चित गर्नका लागि क्षेत्रीय सहयोग बढाउन आह्वान गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार