मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आयरल्यान्डसँगको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी

सिरिजको दोस्रो तथा अन्तिम खेल मङ्गलबार हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, चैत १२ गते । आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा पहिलो जितसँगै  नेपालले सिरिजमा १–० को अग्रता लिएको छ । सिरिजको दोस्रो तथा अन्तिम खेल मङ्गलबार हुनेछ ।

जितका लागि आयरल्यान्डले दिएको एकसय २२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले ३२ बलमा चार चौकाको सहयोगमा अविजित ३७ रन बनाउनुभयो । यस्तै सन्दीप जोराले ३६, दीपेन्द्रसिंह ऐरीले अविजित २० र आसिफ शेखले १६ रन जोड्नुभयो ।

बलिङमा आयरल्यान्डका गारेथ डेलानीले दुई तथा थोमस मायस र बेन ह्वाइटले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २१ रन बनाएको थियो ।

आयरल्यान्डका लागि स्पेटफन डोहिनीले ४९ बलमा चार चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४६ रन बनाउनुभयो । थोमस मायस र लियम म्याकर्थीले १६/१६ र फियोन ह्यान्डले ११ रन जोड्नुभयो ।

बलिङमा नेपालका कुशल भुर्तेल, ललितनारायण राजवंशी र गुल्सन झाले दुई दुई विकेट लिनुभयो । करण केसी र कुशल मल्लले एक एक विकेट झर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार