श्रावण ४, २०८२ आइतबार July 20, 2025

पाकिस्तानमा आत्माघाती हमलामा पाँच चिनियाँ इन्जिनियरको मृत्यु

उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इस्लामबाद, १३ चैत । पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परी ५ चिनियाँ नागरिकको मृत्यु भएको छ ।

चिनियाँ नागरिकहरूको अड्डा रहेको उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेको पाकिस्तानी प्रहरीले जनाएको छ ।

पाकिस्तानी पत्रकार आरजु काजमीले एक्स ह्यान्डल मार्फत यस हमलाको जानकारी दिएका छन् । उनले खैबर पख्तुनख्वा प्रान्तको शाङ्ला जिल्लामा चिनियाँ नागरिक माथि आत्मघाती हमला भएको बताए । यो हमला बेशाम सहर नजिक भएको थियो, जसमा पाँच चिनियाँ नागरिक मारिएका थिए। उनका अनुसार मृत्यु हुने सबै चिनियाँ इन्जिनियर रहेको बताइएको छ । यो खबर पाकिस्तानका लागि निकै महत्वपूर्ण छ, किनभने पाकिस्तानलाई चीनको नजिकको मित्र मानिन्छ ।

चिनियाँ इन्जिनियरहरूको यात्रा इस्लामाबादबाट सुरु भएको बताइएको छ, जुन खैबर पख्तुनख्वा प्रान्तको दासु शिविर हुँदै गइरहेको थियो।

यसै क्रममा आत्मघाती हमलाकारीले निशाना बनाएका थिए । हाल उक्त दुर्घटनामा कति जना घाइते भएका छन् भन्ने विवरण आउन सकेको छैन ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका भिजुअलमा घटनास्थलमा जलेको कार देखिन्छ भने उपत्यकाबाट ठूलो धुवाँ निस्किरहेको देखिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार