श्रावण ४, २०८२ आइतबार July 20, 2025

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

यात्रुहरू बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया सहरमा इस्टर सेवाका लागि यात्रा गरिरहेका तीर्थयात्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दक्षिण अफ्रिकामा एउटा बस पुलबाट झण्डै ५० मिटर तल खाल्डोमा खस्दा ४५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एकजना आठ वर्षीया बालिका जीवित भेटिएकी छन् । उनको अवस्था गम्भीर रहेको र अहिले अस्पतालमा उपचार भइरहेको छ ।

उक्त बस उत्तरपूर्वी लिम्पोपो प्रान्तमा सडक किनारामा रहेको बारमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो पछि त्यसमा आगो लागेको थियो । यात्रुहरू बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया सहरमा इस्टर सेवाका लागि यात्रा गरिरहेका तीर्थयात्रीहरू थिए ।

बसले नियन्त्रण गुमाएपछि जोहानेसबर्गबाट करिब तीन सय किलोमिटर उत्तरस्थित मोकोपेन र मर्केनबीचमा रहेको एउटा पुलबाट खसेको दक्षिण अफ्रिकाको सरकारी समाचार संस्था एसएबीसीले जनाएको हो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार