मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर र ब्रेन्टफोर्डले अंक बाँडे, एस्टन भिल्ला विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डले एक एक अंक लिएका छन् । शनिबार राति भएको खेलमा दुवै टिमले इन्ज्योरी समयमा एक एक गोल गर्दै अंक बाँडेका हुन् ।

गोलरहित बराबरीतर्फ उन्मुख खेलमा म्यानचेस्टर युनाइटेडले इन्ज्योरी समयको छैटौं मिनेटमा अग्रता लिएको थियो । युनाइटेडमा मेसन माउन्टले गोल गर्दै अग्रता दिलाएका थिए । उनले कासमिरोको पासमा गोल गरेका थिए ।

१ गोलले पछि परेको ३ मिनेटपछि नै ब्रेन्टफोर्डले पनि बराबरी गर्न सफल भयो । क्रिष्टोफोर अजेरले इभान टोनीको पासमा गोल गर्दै अन्ततः खेल एक एकको बराबरीमा टुंग्याउन योगदान गरे । बराबरीपछि दुवै टिमले तालिकामा एक एक अंक थपेका छन् ।

म्यानचेस्टर युनाइटेड ४८ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड २७ अंकका साथ तालिकाको १५ औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खलमा एस्टन भिल्ला विजयी भएको छ । एस्टनले उल्भ्सलाई २–० गोल अन्तरले पराजित गरेको हो । एस्टनको जितमा मौसा डीबेको ३६ औं र एजिर नोगोयोको ६५ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । जितपछि एस्टन ५९ अंकका साथ तालिकाको चौँथो स्थानमा उक्लिएको छ ।

त्यसैगरी टोटनह्याम हटस्परले लुटन टाउनलाई २–१ गोल अन्तरले पराजित गर्दा सेफिल्ड युनाइटेड र फुलह्यामले तीन तीन गोलको बराबरी खेलेका छन् । नटिङघम फरेस्ट र क्रिष्टल प्यालेसले एक एक गोलको बराबरी खेल्दा चेल्सी र बर्नलेले दुई दुई गोलको बराबरी खेल्दै अंक बाँडे । यसैगरी बर्नमाउथले एभर्टनलाई २–१ गोल अन्तरले पराजित गर्दा न्यक्यासल युनाइटेडले वेस्टह्याम युनाइटेडलाई ४–३ गोल अन्तरले स्तब्ध बनायो ।

प्रिमियर लिगमा २९ औं चरणको खेल जारी रहँदा आर्सनल ६४ अंकका साथ तालिकाको शीर्ष स्थनमा रहेको छ । समान ६४ अंक रहेको लिभरपुल दोस्रो स्थानमा रहँदा एक अंक कम भएको म्यानचेस्टर सिटी तेस्रो स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
२०८३ मंग्सिर ४, शुक्रबार