श्रावण ४, २०८२ आइतबार July 20, 2025

टर्कीको स्थानीय चुनावमा राष्ट्रपति एर्दोगानलाई झट्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः टर्कीको प्रमुख विपक्षी दलले इस्तानबुल र अंकारामा स्थानीय चुनावमा ठुलो जित हासिल गरेको छ । यी परिणामहरू देशका राष्ट्रपति रेसेप तैयप एर्दोगानका लागि ठूलो झटका लागेको विश्लेषण गरिएको छ ।

गत वर्ष तेस्रो पटक राष्ट्रपतीय चुनाव जितेका एर्दोगानले स्थानीय चुनावमा पनि राम्रो प्रदर्शन गर्ने आशा राखेका थिए । इस्तानबुल मेयरको चुनावमा एर्दोगान आफैंले अभियानको जिम्मेवारी लिएका थिए । यही सहरमा हुर्केका उनी यहाँको मेयर पनि भइसकेका छन् ।

तर २०१९ मा पहिलो पटक यस सहरको मेयर बनेका एकराम इमामोग्लुले धर्मनिरपेक्ष विपक्षी पार्टी सीएचपीका उम्मेदवारका रूपमा ठूलो जित हासिल गरेका छन् ।

एर्दोगानले चुनावी अभियानका क्रममा १ करोड ५० लाख जनसंख्या भएको यो सहरलाई रूपान्तरण गर्ने वाचा गरेका थिए । तर एर्दोगानको एके पार्टीका उम्मेदवारले करिब १० लाख मतले हार बेहोरेको थियो । २१ वर्षअघि सत्तामा आएका एर्दोगानका लागि यो पहिलो पराजय हो ।

टर्कीको राजधानी अंकारामा मेयर पदका लागि विपक्षी दलका उम्मेदवारले आधा मतगणनापछि मात्रै आफ्नो जित घोषणा गरेका थिए । उनका समर्थकहरूले शहरको सडकमा झण्डा फहराउँदै र कारका हर्न बजाउँदै हिडेका थिए ।

टर्कीको चौथो ठूलो सहर बुर्सा र बालिकेसिरमा विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टीले जित हासिल गरेको छ । यसबाहेक, पार्टीले इज्मिर, अडाना र अन्टाल्यामा आफ्नो शक्ति कायम राखेको छ ।

राष्ट्रपति एर्दोगानले चुनावको नतिजा अपेक्षित नभएको तर आफ्नो पार्टीका लागि यो टर्निङ प्वाइन्ट साबित हुने आशा व्यक्त गरेका छन् । उनले आफ्ना समर्थकहरूलाई आफूले सधैं जनमतलाई समर्थन गर्ने र यसपटक पनि मतदाताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गरेको बताए ।

शक्तिशाली एर्दोआन

रेसेप तैयप एर्दोगान एक शक्तिशाली राष्ट्रपति हुन् । उसले आफ्नो हैसियतमा शक्तिको सबै शक्ति समाहित गरेको छ । प्रधानमन्त्रीसँग विशेष अधिकार छैन । तर सहरहरूमा निर्वाचित मेयरहरूसँग विशेष अधिकार हुन्छ ।

चुनावी अभियानका क्रममा एर्दोगानले यो आफ्नो अन्तिम अभियान भएको बताएका थिए । राष्ट्रपतिको रूपमा उनको अन्तिम कार्यकाल २०२८ मा समाप्त हुँदैछ । तर एर्दोगानका आलोचकहरूले यदि उनले यी चुनाव जितेको भए संविधान संशोधन गरेर फेरि राष्ट्रपतिको चुनाव लड्ने दाबी गर्छन् । यो नाटकीय पराजय पछि उनले संबिधान संशोधनको बाटोमा जान असफल हुन सक्ने समेत विश्लेषण गरिएको छ ।

टर्कीका राजनीतिक टिप्पणीकारहरुले सीएचपीले एर्दोगानलाई आफ्नो राजनीतिक करियरको सबैभन्दा ठूलो झट्का दियेक ओविश्लेशन गरिरहेका छन् । यो पार्टीको सन् १९७७ पछिको सबैभन्दा ठूलो जित हो ।

चुनावी नतिजाहरू सिएचपी अध्यक्ष अजगुर ओजेलको लागि ठूलो जीत हो । सिएचपीका इमामग्लु र मन्सुर याभासलाई सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि सम्भावित उम्मेदवार मानिन्छ ।

इमामोग्लुका समर्थकहरूले ‘सबै ठिक हुनेछ’ भन्ने नारा लगाएका थिए । पाँच वर्षअघि एर्दोगानको पार्टीलाई हराएपछि इमामोग्लुले आफ्ना समर्थकहरूलाई यो नारा दिएका थिए ।

टर्कीको ८५ मिलियन जनसङ्ख्याको पाँचौँ भाग इस्तानबुलमा बस्छन् । इस्तानबुलमा शासन गर्नेले नै टर्कीको अर्थतन्त्र पनि नियन्त्रण हुन्छ भन्ने विश्वास छ । पाँच वर्षअघि इमामग्लुले इस्तानबुलमा एके पार्टीलाई हराएर मेयरको चुनाव जितेका थिए । तर गत वर्षको राष्ट्रपतिको निर्वाचनमा विपक्षी विखण्डन भयो र पार्टी पराजित भयो ।

तर टर्किएको सत्तारुढ एके पार्टी देशको कमजोर अर्थतन्त्रसँग संघर्ष गरिरहेको छ । अहिले टर्कीमा मुद्रास्फीति दर ६७ प्रतिशत र ब्याजदर ५० प्रतिशत छ ।

अहिले टर्कीको पश्चिमी, दक्षिणी र उत्तरी भाग विपक्षी दल सीएचपीको नियन्त्रणमा छ । देशको दक्षिणपूर्वी भागमा कुर्दिश डेम पार्टीको वर्चस्व छ । तर केन्द्रीय टर्कीमा, एर्दोगानको एके पार्टीको शासन छ । २०२३ मा भयानक भूकम्प गएका क्षेत्रहरूमा पनि एर्दोगानको अवस्था राम्रो छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार