मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचारको आरोप

मापिसा–एनकाकुलाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासहित भ्रष्टाचारका १२ वटा अभियोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जोहानेसबर्ग । दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ ।

बुधबार सभामुख पदबाट राजीनामा दिएकी नोसिभिवे मापिसा–एनकाकुलालाई प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि उहाँलाई प्रिटोरियाको एक अदालतमा उपस्थित गराइएको छ ।‘मापिसा–एनकाकुलाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासहित भ्रष्टाचारका १२ वटा अभियोग लगाइएको राष्ट्रिय अभियोजन प्राधिकरणका भेकी मान्याथीले अदालतसमक्ष भन्नुभयो ।

अदालतमा पहेँलो र निलो रङ्गको पहिरन लगाएकी ६७ वर्षीया अफ्रिकन नेशनल कङ्ग्रेस (एएनसी) की नेता मापिसा एनकाकुला मौन रहनुभएको थियो र पछि उहाँलाई जमानतमा रिहा गरिएको थियो ।

उहाँका वकिल ग्राहम केर–फिलिप्सले मापिसा एनकाकुलालाई उद्धृत गरी जारी गरेको वक्तव्यमा लेखिएको छ, “मविरूद्धको मुद्दा निकै कमजोर र राजनीतिक पूर्वाग्रहले ग्रसित छ । मैले राज्यबाट निवृत्तिभरण पाउँछु त्यसैले मैले विदेश पलायनको जोखिम उठाउने छैन ।”

संसदीय निर्वाचन हुनुभन्दा दुई महिना पहिले आएको यो मुद्दाले कमजोर अर्थतन्त्र र सरकारी भ्रष्टाचार र कुव्यवस्थापनको आरोपका बीच जनमत सर्वेक्षणमा संघर्ष गरिरहेको एएनसीको समस्यालाई थप बढाएको छ ।

राष्ट्रपति सिरिल रामाफोसा र उहाँका उपराष्ट्रपतिसहित एएनसीका वरिष्ठ राजनीतिज्ञमध्ये मापिसा–एनकाकुला पनि भ्रष्टाचारकाण्डमा मुछिनुभएको छ ।

उहाँमाथि सन् २०१४ देखि २०२१ सम्म रक्षामन्त्री हुँदा एक पूर्व सैन्य ठेकेदारसँग मोटो रकम घूस मागेको आरोप लागेको थियो । उहाँले उक्त आरोपको खण्डन गर्नुभएको छ ।

मान्याथीका अनुसार ती राजनीतिज्ञले ४५ लाख ¥याण्ड अर्थात् २ लाख ४० हजार अमेरिकी डलरभन्दा बढीको ‘उपहार’ माग्नुभएको थियो । उहाँलाई २१ लाख रुपैयाँ घूस दिएको एक प्रत्यक्षदर्शीले बताएका छन् र आवश्यक परेकोसमयमा प्रमाण दिनसक्नेबताएका छन् ।

न्यायाधीशले ५० हजार ¥यान्डको जमानत तोक्दै मुद्दालाई जुन ४ सम्मका लागि स्थगित गर्नुभएको छ । यस क्रममा मापिसा–एनकाकुलाले आफ्नो राहदानी हस्तान्तरण गर्नु पर्नेछ र राज्यका साक्षीहरूसँग कुनै पनि सम्पर्कबाट बच्नुपर्नेछ ।

बुधबार मापिसा–एनकाकुलाले संसदको सभामुख र सांसदपदबाट तत्काल प्रभावका साथ राजीनामा दिनुभएको थियो ।

राजीनामा पत्रमा उहाँले आफू निर्दोष रहेको बताउनुभएको थियो तर संसदको निष्ठा कायम राख्न र आफूमाथिको अनुसन्धानमा ध्यान केन्द्रित गर्न आफूले राजीनामा दिने निर्णय गरेको बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ, “ममाथि लगाइएका बहुचर्चित आरोपको गम्भीरतालाई ध्यानमा राख्दै म यो भूमिकामा रहिरहन सक्दिनँ ।” जोहानेसबर्गको पूर्वी उपनगरमा रहेको मापिसा–एनकाकुलाको निवासमा गत मार्चमा उच्च अनुसन्धान टोलीका सदस्यहरूले छापा मारेपछि यो कदम चालिएको हो ।एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
२०८३ मंग्सिर ३, बिहिबार
एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा
२०८३ मंग्सिर ३, बिहिबार