श्रावण ४, २०८२ आइतबार July 20, 2025

अमेरिका र चीनद्वारा सुरक्षित सैन्य अन्तरक्रियाबारे पुनःवार्ता प्रारम्भ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन।  अमेरिका र चीनले दुई वर्षभन्दा धेरै समयमा पहिलोपटक आफ्ना सशस्त्र सेनाहरूबीचको अन्तरक्रियामा सुरक्षाबारे वार्ता गरेको अमेरिकी सेनाले शुक्रबार बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका चिनियाँ समकक्षी सी जिनपिङ नोभेम्बरमा भएको शिखर सम्मेलनमा सैन्य–देखि–सैन्य सञ्चार पुनःस्थापना गर्न र दुई मुलुकबीचको तनाव कम गर्न सहमत भएपछि वार्ता पुनः सुरु भएको हो ।

अमेरिकी र चिनियाँ सैन्य प्रतिनिधिहरूले बुधबार र बिहीबार हवाईमा सैन्य समुद्री परामर्श सम्झौता कार्य समूहका लागि भेट गरेको युएस इन्डो–प्यासिफिक कमान्डले विज्ञप्तिमा बताएको छ । सन् २०२१ को अन्त्यमा भर्चुअल कार्यक्रमपछि यस्तो प्रकारको यो पहिलो बैठक हो ।

“यो सम्झौता चिनियाँ सेनासँग इन्डो–प्यासिफिक कमान्डको हवाई र समुद्री परिचालन सुरक्षामा प्रत्यक्ष चर्चा गर्ने प्राथमिक माध्यम हो”, अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख अमेरिकी सेना कर्नल इयान फ्रान्सिसले एक विज्ञप्तिमा भन्नुभयो, “चिनियाँ सेना (पिपुल्स लिबरेसन आर्मी, पिएलए) र यस क्षेत्रका अन्य सबै सैन्य बलहरूसँग दुर्घटना र गलत सञ्चारबाट बच्नका लागि खुला, प्रत्यक्ष र स्पष्ट सञ्चार अत्यन्त महत्त्वपूर्ण छ ।”

इन्डो–प्यासिफिक कमान्डले यस साताको बैठकका क्रममा अमेरिकी र चिनियाँ अधिकारीहरूले ‘पछिल्ला केही वर्षमा सुरक्षासँग सम्बन्धित घटनाहरूको समीक्षा गरेको र समुद्री तथा उड्डयन परिचालन सुरक्षा र व्यावसायिकतालाई कायम राख्नेबारे छलफल गरेको’ बताएको छ ।

चिनियाँ युद्धक विमान र जहाजहरूले अमेरिकी र सहयोगी विमान तथा जहाजहरू वरपर असुरक्षित तरिकाले काम गरेको अमेरिकाले हालैका वर्षहरूमा बारम्बारका घटनाहरू उजागर गरेको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनल बाइडेन र सीले सैन्य–देखि–सैन्य वार्त पुनः सुरु गर्न सहमति व्यक्त गर्नुअघि विशेषगरी अमेरिकी र चिनियाँ सेनाबीच सञ्चारको खुला लाइनको अभावमा दुर्घटनाहरू नियन्त्रणभन्दा बाहिर हुने सम्भावना रहेको चेतावनी दिनुभएको थियो ।एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार