श्रावण ४, २०८२ आइतबार July 20, 2025

दक्षिण अफ्रिकाका पुर्व राष्ट्रपति जुमाले अब चुनाव लडन पाउने

सन् १९९४ मा प्रजातन्त्रको आगमन पछि सबैभन्दा प्रतिस्पर्धात्मक मतदान हुने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिण अफ्रिकाका पुर्व राष्ट्रपति ज्याकोब जुमाले चुनाव लडन पाउने भएका छन् ।

दक्षिण अफ्रिकाको एक अदालतले पूर्व राष्ट्रपति ज्याकोब जुमालाई चुनाव लड्न प्रतिबन्ध लगाउने यसअघिको निर्णय उल्टाइदिए पछि उनी चुनाव लडन पाउने भएका हुन ।

अदालतले पहिलेको निर्णयलाई उल्टाउँदै देशमा हुन लागेको आम चुनावमा पदमा उम्मेदवार हुन सक्ने फैसला गरिदिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

निर्वाचन आयोगले यसअघि जुमाको उम्मेदवारीमा आपत्ति जनाउँदै आपराधिक अभिलेखका कारण पदमा उम्मेदवार हुन नसक्ने फैसला गरेको थियो। ‘निर्वाचन आयोगको निर्णय खारेज गरिएको छ,’ अदालतले आफ्नो फैसलामा लेखेको छ ।

सन् १९९४ मा प्रजातन्त्रको आगमन पछि सबैभन्दा प्रतिस्पर्धात्मक मतदान हुने अपेक्षा गरिएको दक्षिण अफ्रिकामा मे २९ मा आम निर्वाचन हुँदैछ।

जुन २०२१ मा जुमालाई आफ्नो राष्ट्रपतिको कार्यकालमा गरेको भनिएको आर्थिक भ्रष्टाचारमा बयान दिन अस्वीकार गरेपछि १५ महिनाको जेल सजायसमेत सुनाइएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार