श्रावण ४, २०८२ आइतबार July 20, 2025

निलम्बित नाइजेरियन मन्त्रीबाट लुकाइएको २४ मिलियन डलर बरामद

५० भन्दा बढी बैंक खाताहरू छानबिनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नाइजेरियाले निलम्बित मन्त्रीबाट ३० अर्ब नाइरा (२४ मिलियन) बरामद गरेको छ ।

मानवीय मामिला र गरिबी निवारण मन्त्री बेट्टा एडु विरुद्ध चलिरहेको भ्रष्टाचार अनुसन्धानको भागको रूपमा ३० अर्ब नाइरा (२४ मिलियन अमेरिकन डलर)  बरामद गरेको छ हो ।नाइजेरियाको वित्तीय निगरानी संस्थाका अनुसार उक्त रकम ५० भन्दा बढी बैंक खातामा फेला परेका थिए ।

मानवीय मामिला र गरिबी निवारण मन्त्री बेट्टा एडुलाई गत जनवरीमा सार्वजनिक पैसाको ६ लाख ४० हजार अमेरिकन डलर व्यक्तिगत बैंक खातामा फेला परे पछि निलम्बन गरिएको थियो। राष्ट्रपति बोला टिनुबुले त्यसपछि उनको मन्त्रालय र उनीमाथी छानबिन गर्न आदेश दिएका थिए ।

त्यसबेला ३७ वर्षीय डा एडुले कुनै गल्ती गरेको अस्वीकार गर्दै आएका थिए तर उनको कार्यालयले उनको नाममा नभएको व्यक्तिगत खातामा स्थानान्तरणलाई अनुमोदन गरेको खुलेको थियो ।आर्थिक र वित्तीय अपराध आयोगले करिब ६ हप्ताको अनुसन्धान पछि धेरै प्रमाणहरू फेला पारेको थियो ।

‘अहिले हामीले ५० भन्दा बढी बैंक खाताहरू छानबिन गरिरहेका छौं, जसमा हामीले उनको पैसा फेला पारेका छौं, यो कुनै बच्चाको खेल होइन, यो ठूलो कुरा हो,’ बित्तिय आयोगका अध्यक्ष ओला ओलुकोयेडेले एजेन्सीसँग भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार