जेठ ५, २०८१ शनिबार May 18, 2024

इङलिश प्रिमियर लिग : म्यानचेस्टर सिटी शिर्ष स्थानमा

म्यानचेस्टर सिटीले लुटन टाउनलाई ५-१ गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लुटन टाउनमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड, माटेओ कोभाकिक, जेरेमी डोकु र जोस्को गभारडिओलले एक एक गोल गरेका थिए भने एक गोल लुटन टाउनका डैकी हशिओकाले आत्मघाती गोल गरेका थिए । त्यस्तै लुटन टाउनका लागि एक गोल रोज बार्कलीले गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । सिटीको ३२ खेलमा ७३ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको आर्सनलको ३१ खेलमा ७१ अंक छ भने लिभरपुलको पनि ३१ खेलमा ७१ अंक नै छ ।

त्यसैगरी लुटन टाउनको ३३ खेलमा २५ अंक रहेको छ र रेलिगेसन जोनमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार