श्रावण ४, २०८२ आइतबार July 20, 2025

अमेरिकी राष्ट्रपति बाइडेन र इराकी प्रधानमन्त्री अल सुडानीबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इरानले इजरायलमाथि गरेको आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँग सोमबार ह्वाइट हाउसमा भेटवार्ता गर्नुभएको छ ।

सन् २०२२ को अक्टोबरमा पदभार ग्रहण गरेपछि सुडानीको पहिलो वासिङ्टन भ्रमण मूलतः जिहादविरोधी गठबन्धनअन्तर्गत इराकमा अमेरिकी सेनाको उपस्थितिमा केन्द्रित हुने अपेक्षा गरिएको थियो । तर इराकको छिमेकी इरानले शनिबार इजरायलमाथि व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि यस क्षेत्रको तनावपूर्ण स्थितिले अब यो बैठकलाई प्रभावित पार्नेछ ।

उत्तरी इराकी शहर एर्बिल नजिकै रहेको अमेरिकी सेनाले इरानले इजरायलमाथि गरेको आक्रमणको प्रतिकार गर्न प्याट्रियट क्षेप्यास्त्रको प्रयोग गरी इरानी ब्यालेस्टिक क्षेप्यास्त्र खसालेको थियो । “यो औपचारिक भ्रमण संयुक्त राज्य अमेरिकासँगको सम्बन्धका साथै क्षेत्रीय परिस्थितिको सन्दर्भमा नाजुक र संवेदनशील समयमा भएको छ,” सुडानीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ह्वाइट हाउसले गत मार्चमा बाइडेन र सुडानीबीच ‘आइएसआइएसको दीर्घकालीन पराजय र सैन्य अभियानको वृद्धिप्रति आफुहरूको साझा प्रतिबद्धता’ बारे छलफल हुने बताएको थियो । गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा प्यालेस्टिनी हमास लडाकुविरुद्ध इजरायलले चलाएको छ महिना लामो युद्धका बीच इराकले क्षेत्रीय तनावबाट टाढा रहने प्रयास गरिरहेको छ ।

इराकमा आ।यस्थल बनाउँदै आएका केही इरानसँग सम्बन्धित सशस्त्र समूहहरूले इजरायलको मुख्य सहयोगी संयुक्त राज्य अमेरिकासँग सम्बन्धित सुविधाहरूमा शृङ्खलाबद्ध आक्रमणहरू गरेका छन् । अमेरिका र इरानबीचको शत्रुताबाट विचलित नहुने आशामा इराकले फेब्रुअरीमा जोर्डनमा तीन अमेरिकी सैनिकको ज्यान जाने गरी भएको आक्रमणको प्रतिशोधस्वरूप इराकी लडाकू नेताको ज्यान जाने गरी गरिएको अमेरिकी ड्रोन आक्रमणको कडा विरोध गरेको थियो ।

तर यसबीचमा वासिङ्टन र बग्दादबीच तनाव कम भएको छ र उनीहरूले अमेरिकी नेतृत्वको गठबन्धनको भविष्यका बारेमा वार्ता पुनः सुरु गरेका छन् । इराकी अधिकारीहरूले अमेरिकी सेनाको उपस्थिति कम गर्न समयसीमा तय गर्ने आशा गरेका छन् ।

सन् २००३ मा इराकमा अमेरिकी नेतृत्वमा भएको आक्रमणले इराकका तत्कालिन शक्तिशाली नेता सद्दाम हुसेनलाई सत्ताच्यूत गरेको थियो र वासिङ्टनले सन् २०११ सम्ममा आफ्ना अधिकांश सैनिक फिर्ता बोलाएको थियो । तर सन् २०१४ मा इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेको इस्लामिक स्टेट (आइएस) चरमपन्थी समूहलाई परास्त गर्ने अभियानअन्तर्गत अमेरिकी सेनालाई पुनः तैनाथ गरिएको थियो ।

हाल संयुक्त राज्य अमेरिकासँग इराकमा तैनाथ करिब २५ हजार र छिमेकी सिरियामा ९०० सैनिक छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार