जेठ ८, २०८१ मंगलबार May 21, 2024

धनकुटाको हिलेमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता सुरु

प्रतियोगिताको प्रथम पुरस्कार बिजेताले नगद १ लाख ५० हजार ट्रफी मेडल प्रमाणपत्र पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनकुटा । धनकुटाको हिलेबजारमा १७ औं कोशी प्रदेश अन्तरपालिका रामनवमी कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । रामनवमी पर्वको अवसरमा हिले भलिबल क्लवको आयोजनामा सञ्चालित भलिबल प्रतियोगिता बैशाख ५ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा काेशी प्रदेशका विभिन्न  ८ वटा  पालिकाकाे सहभागीता रहेको छ । १७ रामनवमी कप भलिबल प्रतियोगिता साेम्बार एक ओैपचारिक कार्यक्रमका बिच जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङले उदघाटन गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तामाङ विशिष्ट अतिथि सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राई , विशेष अतिथि वडा अध्यक्ष ओङद तामाङ लगायत अतिथिहरुकाे उपस्थितिमा खेलाडी संग परिचय तथा बलहस्तान्तरण गर्दै उद्घघाटन कार्यक्रम सम्पन्न भएको थियो ।

पहिले खेल दमक नगगरपलिका र आयाेजक हिले भलिबल क्लब बिच भएको खेलमा दमक २५-१२, दमक २५-१५ दमक १७-२५ दमक २५-१९ दमक ३-१ ले आयाेजक हिले भलिबल क्लबलाई हराउदै दमकले जितेको हाे । यस्तै दाेस्राे खेल पाख्रीबासनगरपालिका र बराहनगरपालिका बिच भएको खेलमा पाख्रीबास २५-१३, पाख्रीबास २५-१९ पाख्रीबास २७-२५ बराहलाई ३-०  लगाउदै पाख्रीबासले जितेको राष्ट्रिय रेफ्रि काेशी प्रदेश अध्यक्ष विनय राईले जानकारी दिनुभयो  ।

रामनवमी कप भलिबल प्रतियोगिताका प्रथम पुरस्कार नगद १ लाख ५० हजार ट्रफी मेडल प्रमाणपत्र , दितिय नगद ७५ हजार ट्रफी मेडल प्रमाणपत्र पुरस्कार पाउने हिले भलिबल क्लबका अध्यक्ष सञ्जिव तितुङले जानकारी दिनु भएको छ  ।

मंगलबार बेलबारी र महालक्ष्मी नगरपालिका , सडान्नद भाेजपुर र रङ्गगेलि माेरङ लगायत टिमको खेल सञ्चालन हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया