जेठ ८, २०८१ मंगलबार May 21, 2024

एसीसी प्रिमियर कपमा ओमानले युएईलाई हरायो

समुह बि मा ओमान अपराजित रहदै ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले युएईलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ओमानले युएईलाई ९ विकेटले पराजित गरेको हो ।

बर्षाले प्रभावित भएको सो खेल १५-१५ ओभर खेलिएको थियो ।

युएईले दिएको १४३ रनको लक्ष्य पछाएको ओमानले १२.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै युएईले १५ ओभरमा ५ विकेट गुमाउदै १४२ रन बनाएको थियो ।

त्यस्तै गएराती नै सम्पन्न खेलमा कुवेतले बहराइनलाई २६ रनले पराजित गरेको छ ।

योसँगै समुह बि मा ओमान अपराजित रहदै ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा छ भने कुवेत ३ खेलमा ४ अंकसहित दोस्रो र युएई ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै बहराइनले तिनै खेलमा हार बेहोरेको छ भने कम्बोडियाले २ खेलमा हार बेहोरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
२०८१ जेठ ८, मंगलबार
आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी
२०८१ जेठ ८, मंगलबार
राष्ट्रियसभामा पनि प्रतिपक्षको नाराबाजीका बीच धन्यवाद प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार
प्रमुख प्रतिपक्षको नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार
पशुपतिनाथ मन्दिरको भेटी चोर्ने आठ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध धनुषामा पक्राउ पूर्जी जारी
२०८१ जेठ ८, मंगलबार
गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा
२०८१ जेठ ८, मंगलबार