श्रावण ४, २०८२ आइतबार July 20, 2025

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोटन, ११ हजार बढीलाइ अन्यत्र सारियो

ज्वालामुखी एजेन्सीले खतराको स्तरमा उच्च सतर्कता स्तर ४ मा बढाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जाकार्ता, ७ बैशाख । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

मिडिया रिपोर्टका अनुसार सो भयानक विस्फोट उत्तरी सुलावेसी प्रान्तमा भएको हो। पहिलो विस्फोट मंगलबार राति भएको थियो भने बुधबार लगातार चारवटा विष्फोट भएको थियो । जसका कारण उक्त क्षेत्रको अवस्था नाजुक बनेको छ । ज्वालामुखी एजेन्सीले खतराको स्तरमा उच्च सतर्कता स्तर ४ मा बढाएको छ।

समाचार अनुसार  निषेधित क्षेत्रको आकार ४ बाट ६ किलोमिटरसम्म बढाइएको छ । रुआङका ८०० भन्दा बढी बासिन्दाहरूलाई पहिलो पटक राज्यको राजधानी मनाडोबाट १०० किलोमिटर टाढा टागुलान्डाङ टापुमा लगिएको छ । निषेधित क्षेत्र विस्तार भए पछि बिहीबार बिहान थप मानिसलाई विस्थापित गर्नुपरेको थियो । उक्त क्षेत्रका करिब ११ हजार ६१५ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रकोप तथ्याङ्क, सञ्चार तथा सूचना केन्द्रका प्रमुख अब्दुल मुहारीले जानकारी दिए ।

अधिकारीहरूले डराउँछन् कि यस पटक ज्वालामुखीको एक भाग सन १८७१ विष्फोट जस्तै समुद्रमा खसेको छ। यसले इन्डोनेसियामा सुनामीको जोखिम बढाउन सक्छ र ज्वालामुखी अझै बढन सक्छ ।

मनाडोस्थित साम रतुलाङ्गी अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार साँझसम्म बन्द गरिएको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरपोर्टले दक्षिण कोरिया, चीन र सिंगापुरलगायत अन्य देशहरूमा सेवा दिन्छ। यसबाहेक, मलेसियाको कोटा किनाबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने र जाने उडानहरूमा अवरोधहरू भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार