जेठ ४, २०८१ शुक्रबार May 17, 2024

प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

तेस्रो स्थानको खेल शनिबार नेपाली समय अनुसार ४: १५ बजेदेखि हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने भएका छन् ।

आज सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो ।

यस अघि आजै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।

तेस्रो स्थानको खेल शनिबार नेपाली समय अनुसार ४: १५ बजेदेखि हुने छ । त्यस्तै प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया