जेठ ५, २०८१ शनिबार May 18, 2024

इंग्लिस प्रिमियर लिग : लिभरपुलले फुलहमलाई हरायो

जितसँगै लिभरपुल ३३ खेलबाट ७४ अंकका साथ दोस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले फुलहमलाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन अलेक्जान्डर आर्नोल्ड, र्यान ग्राभेन्बेर्च र डिओगो जोटाले एक–एक गोल गरे । फुलहमका टिमोथी कासाग्नेले एक गोल फर्काए ।

जितसँगै लिभरपुल ३३ खेलबाट ७४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । आर्सनल समान खेलबाट समान अंकसहित शीर्षस्थानमा रहँदा म्यान्चेस्टर सिटी ३२ खेलबाट ७३ अंकका साथ तेस्रो स्थानमा छ ।

फुलहम ३४ खेलबाट ४२ अंकका साथ १२ औं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया