जेठ ५, २०८१ शनिबार May 18, 2024

प्रिमियम लिगका दुइ खेलाडी माथी बलात्कारका आरोप

पीडितले घण्टौं पछि प्रहरी अधिकारीहरूलाई सम्पर्क गरे र बलात्कार र आक्रमणको औपचारिक उजुरी दर्ता गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याड्रिड, १३ बैशाख । प्रिमियर लिगका खेलाडीहरु फेरी एक पटक बलात्कारको मुद्दामा फसेका छन् ।

दुई खेलाडीमाथि बलात्कार र कुटपिट गरेको आरोप लागेको छ । प्रहरीले रंगशालामा छापा मारेर खेलाडीलाई पक्राउ गरी सोधपुछ गरेको थियो । उनको सूचनामा उनका साथी खेलाडीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । सोधपुछ पछि दुवै जना धरौटीमा रिहा भए पनि प्रहरीले दुवैलाई अभियुक्त बनाएको भने जनाइएको छ ।

जसका लागि दुवै खेलाडी खेल्छन् ,त्यस क्लबले पनि खेलाडीलाई कारबाही गर्ने संकेत गरेको छ तर कारबाही कहिले र के गर्ने ? यो अझै स्पष्ट भएको छैन। तर, मुद्दाको अनुसन्धान जारी रहेकाले उनीहरूको नाम भने खुलाइएको छैन ।

पक्राउ परेका दुई खेलाडीलाई मुद्दाको अनुसन्धानको नतिजा नआउन्जेल निलम्बन गरिएको हो वा होइन भन्ने पनि स्पष्ट भएको छैन। क्लबका प्रवक्ताले घटना अहिले प्रहरीको हातमा रहेकोले यस विषयमा क्लबले कुनै प्रतिक्रिया नदिने बताए ।

मिडिया रिपोर्टका अनुसार कथित बलात्कार शुक्रबार राति भएको थियो। पीडितले घण्टौं पछि प्रहरी अधिकारीहरूलाई सम्पर्क गरे र बलात्कार र आक्रमणको औपचारिक उजुरी दर्ता गरेका थिए । मेडिकलमा बलात्कार भएको पुष्टि भए पछि प्रहरीले १९ वर्षीय फुटबल खेलाडीलाई रंगशालाबाट पक्राउ गरेको थियो । सोधपुछ गरी रातभर लकअपमा राखे ।

उनका १९ वर्षीय साथीलाई भोलिपल्ट पक्राउ गरिएको थियो । दुवैमाथि बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । थप सोधपुछका लागि बोलाए पछि उपलब्ध हुने सर्तमा प्रहरीले दुवै खेलाडीलाई धरौटीमा रिहा गरेको हो । क्लबको अनुमति लिएर मात्रै रंगशाला प्रवेश गरेपछि प्रहरीले दुवै खेलाडीलाई पक्राउ गरेको हो ।

तपाईलाई भनौं कि प्रिमियर लिग धेरै हाई प्रोफाइल सेक्स स्क्यान्डलका कारण हेडलाइनमा रह्यो। म्यान युनाइटेड स्ट्राइकर मेसन ग्रीनवुड, द्दद्द, द्दण्द्दद्द मा बलात्कार प्रयास को लागी गिरफ्तार पछि निलम्बन गरिएको थियो। मुद्दामा क्लिन चिट पाएपछि उनी स्पेनिस फुटबल क्लबबाट खेलिरहेका छन् । म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर २९ वर्षीय बेन्जामिन मेन्डी गत वर्ष दुईवटा ट्रायलपछि बलात्कारको आरोपबाट सफाइ पाएका थिए। उनी अहिले फ्रान्सेली फुटबल क्लबबाट खेल्छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया