असार २३, २०८२ सोमबार July 7, 2025

मुकेश अम्बानी विश्वका नवौं धनीको सूचीमा उक्लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतका सर्वाधिक धनी मुकेश अम्बानी विश्वका नवौं धनीको सूचीमा उक्लिएका छन् ।

रिलायन्स इन्ड्रस्टिचका मालिक अम्बानीको सम्पत्ति बढेर साँढे ६४ अर्ब डलर पुगेको ब्लुमबर्ग बिलियनरी इन्डेक्सले जनाएको छ ।

अम्बानीले रिलायन्स डिजिटल टेक्नोलोजी आर्म र जिओ प्लेटफर्ममा साँढे १६ अर्ब लगानी बढाएपछि उनी विश्वको दश धनीभित्र परेका हुन । एशियाबाट अम्बानीमात्र विश्वका धनीभित्र पर्दछन् । यसलगत्तै अम्बानी एशियाका सर्वाधिक धनी भएका छन् ।

रिलाइन्सले तेल र ऊर्जामा समेत ठूलो लगानी गरेको छ । उनले जिओ प्लेटफर्मलाई इन्टरनेटको हस्ती बनाउँदै गुगल र अलिबाबालाई समेत चुनौती दिने ठानिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया