जेठ ७, २०८१ सोमबार May 20, 2024

पर्सामा ठूलो परिमाणमा चरेससहित गिरोह समातिए

तिनडोबियाका बृजेश प्रसाद कुर्मीलाई १७ केजी चरेससहित पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगन्ज : पर्साको कालिकामाई गाउँपालिका-१ तीनडोबियाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेससहित कारोबारीलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक मोहन विक्रम केसीको नेतृत्वमा खटिएको टोलीले तिनडोबियाका बृजेश प्रसाद कुर्मीलाई १७ केजी चरेससहित पक्राउ गरेको हो।

शनिबार बिहान प्रहरीले कुर्मीको घरमा छापा मारेर खानतलासी गर्दा घरको बरन्डामा सिमेन्टको बोराभित्र लुकाएर राखिएको ३१ वटा पोकामा १७ केजी चरेस फेला परेपछि कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक केसीले बताए।

चरेससहित नियन्त्रणमा लिइएका कुर्मीलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया