काठमाडौंः विश्व महामारी कोरोना भाइरससँग जुधिरहेको बेला फेरी विश्वका लागि अर्को ठूलो विपत्ति थपिएको छ । यही बीचमा भर्खरै मेक्सिकोमा शक्तिशाली भुकम्प गएको छ । अमेरिकी भुर्गवविद्हरुका अनुसार ७.४ रेक्टर स्केल परिमाणको शक्तिशाली भूकम्प आएको हो ।
सयौं मानिसहरू सुरक्षाको लागि आफ्नो घरबाट भागेको रोयर्टस लगायत अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ । गत जनवरीमा जमैकामा ७.४ रेक्टर स्केल परिमाणको भूकम्प गएको थियो ।
त्यसपछि गएको यो भूकम्प यस वर्षको सबैभन्दा ठूलो दोस्रो भूकम्प हो । यसबाट ठुलो मानविय मात्रै नभएर अन्य क्षति पनि भएको हुनसक्ने आशंका व्यक्त गरिएको छ । थप जानकारी आउँन बाँकी रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया