मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इराकी टिकटक स्टार फहादको गोली हानि हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानि हत्या गरिएको छ। उनलाई इराकको राजधानी बगदादमा शुक्रबार राति घर बाहिर गोली हानि हत्या गरिएको सीएनएनले उल्लेख गरेको छ।

हमला बगदादको पूर्वमा जायुना क्षेत्रमा भएको थियो र यसलाई निगरानी क्यामेराले भिडियोमा कैद गरी सामाजिक सञ्जालमा शेयर गरेको थियो। भिडियोमा मोटरसाइकलमा सवार बन्दुकधारीले गोली हानेर सावदीको घटनास्थलमै हत्या गरेको देखिन्छ।

इराकका आन्तरिक मन्त्रीले अज्ञात आक्रमणकारीहरूले सामाजिक सञ्जालमा परिचित महिलाको हत्या गरेको जानकारी दिँदै विशेष कार्य टोली गठन गरेको जानकारी दिएका छन्।

फाहद टिकटकमा निकै लोकप्रिय रहेकी थिइन्। टिकटकमा उनले आफैंलाई फिटिङ कपडामा पप संगीतमा नाच्ने भिडियोहरू साझा गर्ने गर्दथिन्। उनलाई इराकको अदालतले अश्लील र अभद्र भाषा भएको, सार्वजनिक शिष्टता र नैतिकताको उल्लंघन गर्ने धेरै फिल्म र भिडियोहरू निर्माण र प्रकाशन गरेको आरोप लगाउँदै छ महिनाको जेल सजाय सुनाइएको थियो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया