मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

टी-२० विश्वकप २०२४ खेल्ने न्युजिल्यान्डको टोली घोषणा

समूह सी प्रतिस्पर्धामा न्युजिल्यान्डले सह-आयोजक वेस्ट इन्डिज, युगान्डा र पपुवा न्युगिनीसँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अनुभवी ब्याट्सम्यान केन विलियम्सनलाई कप्तानको जिम्मेवारी दिँदै न्युजिल्यान्ड जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी पुरुष टी-२० विश्वकपका लागि आफ्नो टोली घोषणा गर्ने पहिलो देश बनेको छ।

विलियम्सनसँगै तीव्र गतिको बलिङ जोडी टिम साउथी र ट्रेन्ट बोल्ट जस्ता अनुभवी खेलाडी समेट्दै १५ सदस्यीय टोली घोषणा गरिएको हो।

यो विलियम्सनको लागि टी-२० विश्वकपमा छैटौं र कप्तानको रूपमा चौथो उपस्थिति हुनेछ। साउथीले प्रतियोगितामा आफ्नो सातौं उपस्थितिको लागि तय गरेका छन्। पहिलो टी-२० उपाधिको खोजीमा रहेको न्युजिल्यान्डका लागि बोल्टले पाँचौं विश्वकप खेल्दैछन्।अलराउन्डर एडम मिल्ने (घुँडा) चोटका कारण प्रतियोगिताबाट बाहिरिएका थिए।

New Zealand announces squad for T20 World Cup 2024

विश्वकपमा न्युजिल्यान्डको पहिलो खेल जुन ७ मा अफगानिस्तानसँग गुयानामा हुनेछ। समूह सी प्रतिस्पर्धामा न्युजिल्यान्डले सह-आयोजक वेस्ट इन्डिज, युगान्डा र पपुवा न्युगिनीसँग खेल्नेछ।

न्यूजिल्यान्ड टोली: केन विलियम्सन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क चापम्यान, डेभन कनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, ड्यारल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोधी, टिम साउथी। ट्राभलिङ रिजर्व: बेन सियर्स।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
२०८३ मंग्सिर ४, शुक्रबार