असार २४, २०८२ मंगलबार July 8, 2025

नेकपा स्थायी कमिटी बैठक केहिबेरमा बस्दै, प्रधानमन्त्रीको राजीनामा माग्ने प्रचण्ड-नेपालको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

करिब ६ महिनापछि बस्न लागेको बैठकमा विवादित अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा छलफल हुने नेकपाले जनाएको छ ।

पटक-पटक विभिन्न बाहानामा स्थगित हुँदै आएको बैठकमा कमिटीका सदस्यहरुले खुलेर सवालजवाफ गर्ने योजना बनाएका छन् । यो बीचमा पार्टी र सरकारले खेलेको भूमिका, प्रधानमन्त्रीको विवादास्पद क्रियाकलाप, संवैधानिक र दलसँग सम्बन्धी अध्यादेश प्रकरण, नागरिकता विधेयकदेखि प्रधानमन्त्रीको राजीनामा समेत स्थायी कमिटीका सदस्यहरुले माग्ने योजना बनाएका छन् ।

स्थायी कमिटी सदस्यहरुले अहिले अहिलेकै अवस्थामा एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने लिने तयारी समेत गरेका छन् ।

४५ सदस्य रहेको नेकपाको स्थायी कमिटीमा पुष्पकमद दाहाल ‘प्रचण्ड’ समूहका १७, माधवकुमार नेपाल समूहका १३ र प्रधानमन्त्री केपी शर्मा ओली समूहका १४ जना रहेका छन् । अर्थात अहिलेकै अवस्थाम एमसीसी पास गर्न हुँदैन भन्ने प्रचण्ड-नेपाल समूहको बहुमत छ ।

त्यस्तै सचिवालयमा अलपत्रमा परेका ओली समूहले जसरी पनि निर्णय गर्नुपर्ने बाध्यता रहेको छ । पार्टी विधानमा कम्तीमा १ सातामा एकपटक सचिवालय बैठक बस्ने व्यवस्था भए पनि जेठ १७ यता सचिवालयको बैठक बस्न सकेको छैन ।

प्रधानमन्त्री ओलीलाई एक पद छोड्ने गरि दवाव दिने, पार्टीको विधान लागू गराउन दवाव दिने नेपाल पक्षको तयारी छ । एमसीसीबारे पार्टीभित्र दुई धार स्पष्ट देखिएकाले यसलाई पार्टीभित्रबाट सर्वसम्मत गराउन प्रधानमन्त्री ओलीलाई गाह्रो हुने देखिएको छ । एमसीसी अनुमोदनको पक्षमा ओलीलगायतका पक्षधर नेता छन् भने पार्टी अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेताहरु संशोधन गर्नुपर्ने अडानमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार