श्रावण १७, २०८३ आइतबार August 2, 2026

नेकपा स्थायी कमिटी बैठक केहिबेरमा बस्दै, प्रधानमन्त्रीको राजीनामा माग्ने प्रचण्ड-नेपालको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

करिब ६ महिनापछि बस्न लागेको बैठकमा विवादित अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा छलफल हुने नेकपाले जनाएको छ ।

पटक-पटक विभिन्न बाहानामा स्थगित हुँदै आएको बैठकमा कमिटीका सदस्यहरुले खुलेर सवालजवाफ गर्ने योजना बनाएका छन् । यो बीचमा पार्टी र सरकारले खेलेको भूमिका, प्रधानमन्त्रीको विवादास्पद क्रियाकलाप, संवैधानिक र दलसँग सम्बन्धी अध्यादेश प्रकरण, नागरिकता विधेयकदेखि प्रधानमन्त्रीको राजीनामा समेत स्थायी कमिटीका सदस्यहरुले माग्ने योजना बनाएका छन् ।

स्थायी कमिटी सदस्यहरुले अहिले अहिलेकै अवस्थामा एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने लिने तयारी समेत गरेका छन् ।

४५ सदस्य रहेको नेकपाको स्थायी कमिटीमा पुष्पकमद दाहाल ‘प्रचण्ड’ समूहका १७, माधवकुमार नेपाल समूहका १३ र प्रधानमन्त्री केपी शर्मा ओली समूहका १४ जना रहेका छन् । अर्थात अहिलेकै अवस्थाम एमसीसी पास गर्न हुँदैन भन्ने प्रचण्ड-नेपाल समूहको बहुमत छ ।

त्यस्तै सचिवालयमा अलपत्रमा परेका ओली समूहले जसरी पनि निर्णय गर्नुपर्ने बाध्यता रहेको छ । पार्टी विधानमा कम्तीमा १ सातामा एकपटक सचिवालय बैठक बस्ने व्यवस्था भए पनि जेठ १७ यता सचिवालयको बैठक बस्न सकेको छैन ।

प्रधानमन्त्री ओलीलाई एक पद छोड्ने गरि दवाव दिने, पार्टीको विधान लागू गराउन दवाव दिने नेपाल पक्षको तयारी छ । एमसीसीबारे पार्टीभित्र दुई धार स्पष्ट देखिएकाले यसलाई पार्टीभित्रबाट सर्वसम्मत गराउन प्रधानमन्त्री ओलीलाई गाह्रो हुने देखिएको छ । एमसीसी अनुमोदनको पक्षमा ओलीलगायतका पक्षधर नेता छन् भने पार्टी अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेताहरु संशोधन गर्नुपर्ने अडानमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार