असार २२, २०८२ आइतबार July 6, 2025

हतियारले काटिएको अवस्थामा एक जना घाइते भेटियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२६, सुगौली विर्तामा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा एक जना घाइते भेटिएका छन् । स्थानीय अन्दाजी ४५ वर्षीय सरफुद्दिन मियाँ घाइते अवस्थामा भेटिएका हुन् ।

उनलाई उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको छ । ब्लड प्रेसर, मुटुको धडकन ठिक रहेको र घाइतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

गाउँको दक्षिणतर्फ रहेको सातो माई मन्दिर नजिकै स्थानीय वीरबहादुर राउतको पोखरी छ ।

पोखरीको डिल छउको धान खेतमा छटपटाइरहेको अवस्थामा स्थानीयले देखेपछि बिहान साढे ५ बजे प्रहरीलाई खबर गरेका थिए ।

वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले उनलाई तत्काल उपचारका लागि नेसनल मेडिकल कलेज पठाएको थियो ।

उनी बिहान तीन बजे नै घरबाट निस्किएका थिए । प्रहरीले परिवारका सदस्य र छिमेकीसँग सोधपुछ शुरु गरेको छ ।

ज्यान मार्ने उद्योगले उनको घाँटीमा धारिलो हतियारले काटेको हुनसक्ने आशंका गरिएको छ । घाइते भेटिएको ठाउँमा एउटा मोबाइल पनि फेला परेको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले घाइतेको उपचारसँगै प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको बताएका छन ।

‘अस्पतालले घाँटीमा गहिरो घाउँ छ, शल्यक्रिया गर्नुपर्छ भनेको छ’, उनले भने, ‘अहिले परिवारका सदस्य र छरछिमेकसँग सोधपुछ गरिरहेका छौं । घाइतेको होस आएपछि उनको पनि बयान लिन्छौं ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार