भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

आईओएमको डिन नियुक्ति खारेज गर्न नेविसंघको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चिकित्सा शिक्षा अध्ययन संस्थान ९आईओएम० को डिन नियुक्ति तत्काल खारेज गर्न माग गरेको छ । अध्यक्ष राजीव ढुंगानाले बुधबार प्रेस विज्ञप्ति जारी गरेर आईओएमको डिन नियुक्ति तत्काल खारेज गर्न माग गरेका हुन् ।

“कर्तव्यतिष्ठ प्राध्यापक डा. गोविन्द केसीले बारम्बार आफ्नो ज्यान हत्केलामा राखी चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन गरेको सत्याग्रहबाट प्राप्त उपलब्धि गुम्ने गरी वरिष्ठता र प्राज्ञिक मर्यादा कुल्चँदै गरिएको आईओएमको डिन नियुक्ति तुरुन्त खारेज गरियोस्, सच्याइयोस्,” विज्ञप्तिमा भनिएको छ ।

नेविसंघले पोखरा विश्वविद्यालयमा विगत नौ महिनादेखि रिक्त रहेका भीसी, रजिस्ट्रारलगायत पदाधिकारीको तत्काल सक्षम प्राज्ञिक नेतृत्वबाट चयन गर्न पनि माग गरेको छ । यस्तै विज्ञप्तिमा नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्‍वविद्यालयमा पनि पदाधिकारी नियुक्त गर्न माग गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध छः परराष्ट्रमन्त्री खनाल
२०८३ भाद्र ३०, मंगलबार
शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र ३०, मंगलबार
एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा
२०८३ भाद्र ३०, मंगलबार
ग्यास अभाव तत्काल हटाउन दैनिक १६० बुलेट भित्र्याउने तयारी : मन्त्री साह
२०८३ भाद्र ३०, मंगलबार
अधिवेशनमा सक्रिय सहभागी हुन कांग्रेसजनलाई सभापति गगन थापाको आह्वान
२०८३ भाद्र ३०, मंगलबार
एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग
२०८३ भाद्र ३०, मंगलबार
भोटेकोशी बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक अझै बेपत्ता
२०८३ भाद्र ३०, मंगलबार