श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

पिएसजीलाई १-० गोलले हराउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा

डर्टमण्डले अब उपाधिका लागि आज राति हुने रियल मड्रिड र बायर्नबीचको विजेतासँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई उसकै घरेलु मैदानमा १–० गोलले हराउँदै समग्रमा २–० को जितसहित डर्टमण्ड फाइनलमा पुगेको हो ।

डर्टमण्डलाई जित दिलाउन एकमात्र गोल म्याट हुमेल्सले गरे । उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए । यसअघिको पहिलो लेगमा डर्टमण्डले घरेलु मैदानमा १–० को जित निकालेको थियो ।

डर्टमण्डले अब उपाधिका लागि आज राति हुने रियल मड्रिड र बायर्नबीचको विजेतासँग खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया