श्रावण ४, २०८२ आइतबार July 20, 2025

अमेरिकाले रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको खेप

अमेरिकाले बम ढुवानी रोक्ने सम्बन्धमा इजरायलले भने सहयोगीहरूले पर्दा पछाडिको कुनै पनि असहमतिलाई समाधान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अमेरिकाले इजरायलमा पठाइने शक्तिशाली बमको ठूलो खेप रोकेको छ । इजरायलले यी बमहरू राफाहमा सञ्चालन भइरहेको सैन्य कारबाहीमा प्रयोग गरेको हुन सक्ने बताउदै बमसहित हतियार रोकेको हो ।

बीबीसीका अनुसार अमेरिकामा विद्यार्थी आन्दोलन निरन्तर बढ्दै गएकाले यस्तो निर्णय गरिएको हो ।

अमेरिकाले अप्रिलको सुरुदेखि नै इजरायलले रफाहमा आक्रमण गर्न प्रयोग गर्न सक्ने हतियारको समीक्षा गरिरहेको थियो । पछिल्लो ८ महिनामा अमेरिकाले इजरायललाई हतियार पठाउन रोकेको यो पहिलो पटक हो ।

इजरायलले रफाहमा सैन्य कारबाही सुरु गरेको बेला यो जानकारी बाहिर आएको हो । अप्रिल ७ मा, इजरायली सेना ट्याङ्कहरू सहित दक्षिणी गाजाको रफाह क्षेत्रमा प्रवेश गरेको थियो । यसले इजिप्टसँगको गाजाको सिमाना कब्जा गरेको छ । तर, इजरायली सेनाले रफाहबाट १ लाखभन्दा बढी मानिसलाई बाहिर निकाल्ने पनि बताएको छ ।

अमेरिकाले बम ढुवानी रोक्ने सम्बन्धमा इजरायलले भने सहयोगीहरूले पर्दा पछाडिको कुनै पनि असहमतिलाई समाधान गर्ने बताएको छ । इजरायलले अमेरिका सुरुदेखि नै आफ्नो सहयोगी भएको बताउदै इजरायलको सुरक्षा हितको रक्षा गर्न प्रतिबद्ध रहेको बताएको छ ।

तर, अमेरिकाको विरोधका बाबजुद इजरायलले रफाहमा सैन्य कारबाही गरिरहेको छ । अमेरिकी अधिकारीहरूले इजरायललाई यो सहरमा शरणार्थीहरूको संख्या उच्च रहेको भन्दै चेतावनी दिएका छन् । जसका कारण सैनिक कारवाही सुरु भएमा यहाँ ठूलो संख्यामा मानवीय क्षति हुनसक्छ । इजरायलले हमासलाई पूर्ण रूपमा ध्वस्त गरेपछि मात्र आराम गर्ने बताएको छ।

अमेरिकाले सुरुदेखि नै रफाहमा इजरायलको सैन्य कारबाहीको विरोध गर्दै आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई सहयोग गरेकोमा विरोधको सामना गरिरहेका छन् । अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइनको समर्थनमा लगातार प्रदर्शनहरू भइरहेका छन्।

धेरै अमेरिकी सांसदहरूले पनि इजरायललाई पठाइएको सहायतामाथि प्रश्न उठाएका छन्। यस्तो अवस्थामा अमेरिकाले पहिलो पटक यस कारणले इजरायलमा पठाइने हतियारको खेपमा रोक लगाएको छ । यद्यपि पेन्टागन र अमेरिकी सरकारी अधिकारीहरूले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

रफाहमा इजरायलले सैन्य कारबाही सुरु गर्नुअघि पश्चिमा राष्ट्र र राष्ट्रसंघले इजरायललाई चेतावनी दिएका थिए। उनले शहरमा ठूलो मात्रामा आक्रमण गर्दा मानवीय विपत्ति निम्त्याउन सक्ने बताए ।

यस अघि विभिन्न मध्यस्थकर्ताले तयार गरेको युद्धविराम प्रस्तावमा हमासले सहमति गरेपनि इजरायलले भने त्यसलाई अस्वीकार गर्दै पुन: आक्रमण शुरु गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार