असार २३, २०८२ सोमबार July 7, 2025

अब यसरी प्राप्त गर्नेछन् एसईईका विद्यार्थीले नम्बर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीलाई नम्बर (ग्रेडसिट) दिनका लागि राष्ट्रिय परीक्षा बोर्डले नयाँ कार्यविधि बनाएको छ।

कोरोनाको महामारीका कारण चैत ६ गतेबाट हुने भनिएको एसईई परीक्षा स्थगित भई तत्काल सम्भव गर्न सम्भव नभएपछि सरकारले विद्यालयको आन्तरिक मूल्याकंनलाई नै आधार मानेर प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको थियो।

सोही निर्णयलाई कार्यान्वयन गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार ‘माध्यमिक शिक्षा परीक्षा एसइईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७’ ल्याएको हो।

सो कार्यविधिअनुसार विद्यार्थीको मूल्यांकनका लागि विद्यालयको प्रधानाध्यापक र दुई जना शिक्षाक रहेको समति निर्माण हुने र उक्त समितिले विद्यालयले गरेको अन्तिम मूल्यांकनाका आधारमा विद्यार्थीलाई नम्बर दिनेछ।

कार्यविधिमा भनिएको छ, ‘प्रधानाध्यापक अध्यक्ष रहने मूल्यांकन समितिमा कक्षा शिक्षक र सम्बन्धित माध्यमिक तहका शिक्षकमध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहनेछन्।’

सो समितिले विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक गरी दुई तरिकाले मूल्यांकन गर्ने कार्यविधिमा उल्लेख छ। सैद्धान्तिक अन्तर्गत विद्यालयले लिएका परीक्षामध्ये अधिकतम् पाठ्यक्रम समावेश हुने गरी पछिल्लो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णाङ्कअन्तर्गत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने र प्रयोगात्मक अन्तर्गत विद्यार्थीहरूको प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयले यसअगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समान्वय इकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनु पर्ने कार्यविधिमा उल्लेख छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार