श्रावण ४, २०८२ आइतबार July 20, 2025

केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउदै

सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव खन्नाले शुक्रबार फैसला सुनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।

विहिबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव खन्नाले शुक्रबार फैसला सुनाउने बताएका हुन् ।

गत मार्च २१ मा प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका केजरीवाललाई पटक पटक म्याट थप गर्दै हिरासतमा राखिएको छ । तल्लो अदालत र उच्च अदालतले अन्तरिम जमानत दिन अस्वीकार गरेपछि केजरीवाल सर्वोच्च अदालत गएका थिए ।
विहिबारको बहसमा ईडीले सर्वोच्च केजरीवालको अन्तरिम जमानत याचिकाको विरोध गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

ईडीले चुनाव प्रचारका लागि कुनै पनि नेतालाई अन्तरिम जमानत दिन नहुने बताएको छ ।

अरविन्द केजरीवाललाई दिल्लीको मदिरा नीतिसँग सम्बन्धित कथित घोटाला प्रकरणमा मार्च २१ मा पक्राउ गरिएको थियो । मंगलबार दिल्ली अदालतले केजरीवालको न्यायिक हिरासतलाई मे २० सम्म बढाएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार